अजिङ्गर भीरमा सडक निर्माण तिव्र (तस्विरमा)
Koralapost पुस १२, २०७७ आईतबार


म्याग्दी, १२ पुष । म्याग्दीको रघुगंगा गाउँपालिकाको वडा नम्बर ४ को दरमिजा संगै वडा ७ चिमखोला, वडा ८ कुइनेमंगले क्षेत्रलाई गाउँपालिकाको केन्द्रसंग सडक सञ्जालले जोड्न अजिङ्गर भीरमा सडक निर्माण तिव्र छ । संघ, प्रदेश र स्थानीय सरकार, जलविद्युत कम्पनीकोे सहकार्यमा अक्करे पहाडमा सडक निर्माणका कामले तिब्रता पाएको स्थानीय युवा सुविन शेरपुञ्जाले जानकारी दिए । सडक निर्माण सम्पन्न भएपछि कूईनेमंगले र चिमखोलाबासी ६ हजार भन्दा बढी जनसंख्यालाई यातायात सेवा पुग्ने छ।