कृषकलाई माछाको भुरा वितरण
काेराेला पोस्ट चैत्र ४, २०७८ शुक्रबार


बेनी, ४ चैत । बेनी नगरपालिकाले कृषकलाई माछाको भुरा वितरण गरेको छ । पशु शाखाले ३४ जना कृषकलाई १६ हजार भुरा शुक्रबार वितरण गरेको हो ।

नगरपालिका प्रवक्ता रामकृष्ण बराईलीले शाखा प्रमुख प्रदिप गौतमले नगरपालिमा उपस्थित कृषकलाई कमन, सिल्भर, नैनी, ग्रासकट लगायत जातका माछाका भुरा उपलब्ध गराएका थिए ।

कृषकहरुबाट माग र निवेदन संकलन गरेर विनियोजन भएको बजेटबाट भुरा खरिद गरिएको थियो । कृषकलाई आत्मनिर्भर, माछा आयातलाई कम गर्न र माछापालनप्रति आकर्षण बढाउने उद्देश्यले भुरा वितरण गरिएको शाखा प्रमुख गौतमले बताए ।