म्याग्दी, ९ पुष । सहकारीलाई प्रविधिमैत्री र ब्यवस्थीत बनाउने उद्देश्यले बेनीमा तीन दिनको पर्ल्स अनुगमन प्रणाली सम्वन्धी तालिम सुरु गरिएको छ। नेपाल बचत तथा ऋण सहकारी संघ फिल्ड कार्यालय (नेफस्कून ) पोखराको आयोजनामा सहकारीका संचालक सदस्य तथा प्रवन्धक तथा कर्मचारीलाई विहिबारदेखि शनिबारसम्म पर्ल्स सम्वन्धी तालिम संचालन गरिएको हो ।

तीन दिनसम्म संचालन हुने तालिमको उद्घाटन गर्दै नेफस्कुन संचालक सदस्य तथा फिल्ड कार्यालय पोखराका संयोजक चण्डीप्रसाद शर्मा पौडेलले बचत तथा ऋण सहकारी संघसंस्थाहरुको वित्तिय गुणस्तर मापन गर्ने आधार पल्स भएको बताए । बचत तथा ऋणको अनुपात मिलाउने र सेवासुविधालाई सेवाग्राही माझँ प्रविधिमैत्री बनाउन पल्र्स सम्बन्धीको तालिमले सहयोग पुग्ने जानकारी गराए । नेफस्कुनलाई सरकारले पल्र्स प्रयोगका लागि कानुनी रुपमा नै ब्यवस्थापनको मान्यता दिएको पौडेलले बताए । सहकारीको चेक अर्को सहकारीमा साटिने ब्यवस्था, मोवाईल सेवा र एटिम सेवा विस्तारमा ध्यान दिदै सेवाग्राहीलाई सहकारीमा आकर्षित गर्न संचालन र कर्मचारीले ध्यान दिनुपर्ने बताए ।

नेफस्कूनका बरिष्ठ अधिकृत भरतप्रसाद न्यौपानेले सहकारी संचालक तथा कर्मचारीलाई सहकारीको प्रभावकारी वित्तिय संरचना ,सम्पतिको गुणस्तर प्रतिफल दर, तरलता र बृद्धिदर ध्यान दिदै संघसंस्थाको बचत संकलन, शेयरपुजी बृद्धि, भाका नाघेको ऋण र संस्थागत पुजी लगायत ४६ ओटा सुचनाको अनुपात ब्यवस्थापनमा नेफस्कूनले काम गर्ने बताए ।
नेफस्कुनका पिल्ड ब्यवस्थापन उपसमितिका सदस्य रामजी सुवेदीको अध्यक्षता पश्चिम नेपाल ऋण सहकारी संस्था सचिव हरिप्रसाद पौडेलको स्वागत मन्तव्य र अधिकृत न्यौपानेको संचालनमा सुरु भएको तालिममा नेफस्कूनका ब्यवसायीक सहायक कर्मचारी लक्ष्मण अधिकारीको उपस्थित रहेको थियो । सदस्य सुवेदीले जिल्लामा सहकारीलाई एकअर्कामा परिपुरक बनाउन नेफस्कूनको शाखा कार्यालय आवश्यक रहेको बताउदै जिल्लामा संचालित सहकारी मिलेर यससम्वन्धी छलफल गर्न आवश्यक रहेको बताए ।