संस्कृति र रीतिरिवाज झल्कने थाङ्का आर्ट
काेराेला पोस्ट माघ १३, २०७८ बिहीबार


मुस्ताङ, १३ माघ । उपल्लो मुस्ताङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका लागि लोमान्थाङ गाउँपालिकाको संस्कृति रीतिरिवाज झल्कने थाङ्का आर्टले आकर्षित गर्छ । थाङ्का, मण्डला, पौवा बनाएर थाङ्का कलाकारले राम्रो आम्दानी गरिरहेका छन् । लोमान्थाङ आसपासका गाउँका गुम्बा, थोप्तेनलगायतका सार्वजनिक स्थल हुन् या घरहरु, तिब्बती संस्कृति र रीतिरिवाजअनुसारका चित्रहरु बनाएर लोमाथाङका तासी गुरुङ लगायत कलाकारले आम्दानी गरिरहेका छन् । उनले २३ बर्षदेखि मुस्ताङ कलासस्कृति झल्कने थाङ्का आर्ट गर्दै आएका छन् । तस्विर : धिरन खत्री / म्याग्दी ।