जनगणना २०७८ : नेपालको जनसंख्या २ करोड ९१ लाख
काेराेला पोस्ट माघ १२, २०७८ बुधबार


म्याग्दी । नेपालको जनसंख्या वृद्धिदर पछिल्लो ८० वर्षमै कम भएको छ। बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजामा नेपालको पछिल्लो जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ। यो २०६८ सालको तुलनामा झन्डै २७ लाख बढी हो।

नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ। यो सन् १९९८पछिको सबैभन्दा न्यून हो। १९९८ देखिपछिका सबै जनगणनामा नेपालको जनसंख्याको बढेको छ। वृद्धिदर १ प्रतिशतभन्दा कम भएको यसैपालि हो।


नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ। नेपालमा अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १हजार १ सय ६९ छ।


यो जनगणनाले सहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या ६३ प्रतिशत र ग्रामीण क्षेत्रमा ३६ प्रतिशत जनसंख्या मात्रै बसोबास गर्ने गरेका छन् । यो जनगणनाबाट कुल २१ लाख ६९ हजार ४७८ जना नेपाली विदेशमा रहेको पाइएको छ । यो जनगणनाले नेपालमा कुल ६७ लाख ६१ हजार ०५९ वटा परिवार रहेको देखाएको छ । र यो परिवार ५६ लाख ४३ हजार ९४५ वटा घरमा बसेको देखिएको छ ।