निर्माण कम्पनीको लापरबाहीले मुख्य सडकहरु अलपत्र
Koralapost पुस २, २०७७ बिहीबार


म्याग्दी, २ पुष । शिलन्यास भएर काम सुरु भएका जिल्लाका मुख्य सडक, जलविद्युत, प्रसारण लाइन, सवस्टेशन, भवन र मोटरेबल लगायतको पुर्वाधार समयमै सम्पन्न हुन सकेका छैनन् । प्रदेश र संघ सरकारबाट संचालित सडक लगायतका योजनाहरु निर्माण ब्यवसायीको लापरबाहीले अलपत्र बनेका छन् ।


बेनी–गलेश्वर, बेनी दरवाङ, गलेश्वर–राखु भगवती, बेनी बागलुङ– पोखरेबगर– चित्रे लगायतका मुख्य सडक सरकारले बजेट विनियोजन गरेर काम सुरु भएपनि निर्माण ब्यवसायीको लापरबाहीले समयमै काम सम्पन्न हुन सकेका छैनन् । २०७७ साल असोज मसान्तसम्म सक्ुनपर्ने बेनी– बागलुङ सडक खण्डको ठेक्का नागार्जुन देवेन सायर विएन जेभी कम्पनीका नारायण घर्तिले निर्माणको जिम्मा लिएका थिए । १३ करोडमा ठेक्का सम्झौता भएको सडकको गतबर्ष ९० प्रतिशत भौतिक प्रगति भएको थियो । सडक बर्षात र पहिरोले हाल सो सडकको अवस्था हेर्दा ९० प्रतिशत भौतिक प्रगति देखिदैन् ।


४७ करोडमा ठेक्का सम्झौता भएको बेनी बावियाचौरसम्म साढे १३ किलोमिटर सडक भौतिक प्रगति ५० प्रतिशत छ । २०७७ असोज मसान्तमा सम्पन्न गर्ने लक्षसहित लामा समान्तर जेभि कम्पन्नीका संचालक जीप सिरिङ लामाले ठेक्का लिएका थिए। केन्द्रका ठुला नेताका पुहच र संरक्षणमा भएका लामाले जिल्लाका जनप्रतिनिधि, नेता, प्रशासन लगायतले कामप्रतिको गुनासोको बेवास्ता गर्दै आयोजनालाई कोरोना र बर्षातको कारण देखाउदै ढिलासुस्तीमा काम गरिरहेका छन् ।
त्यस्तै २०७८ साल जेठसम्म सम्पन्न गर्नुपर्ने बावियाँचौर दरवाङ खण्डको सडक भौतिक प्रगति ४० प्रतिशत रहेको छ। विरुवा काराभान जेभिका निर्माण ब्यवसायी चन्द थकालीले लिएको आयोजना सो समयमा काम सम्पन्न नहुने देखिन्छ ।


४ करोडमा ठेक्का सम्झौता भएको बेनी–गलेश्वर सडक आयोजना यही कात्तिक मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने लक्षसहित गौरी पार्वति रुपल जेभि कम्पनीले लिएको थियो । आर्थिक बर्ष २०७४/०७५ मा सुरु भएको योजना म्याद सिद्धिए पनि भौतिक प्रगति ७५ प्रतिशत भएको पुर्वाधार कार्यालयले जनाएको छ ।


२०७८ साल जेठमा सम्पन्न गर्ने लक्ष्यसहित एपेक्स खड्का कृष्ण जेभि काठमाण्डौका निर्माण ब्यवसायी रत्न खड्काले ठेक्का लिएका आठ किलोमिटर दुरीको गलेश्वर–पिप्ले–भगवती–बेग सडकको भौतिक प्रगति ४३ प्रतिशत छ। स्तरोन्नतिका लागि एपेक्स–खड्का कृष्ण जे.भी काठमाडौसंग १८ करोड ४१ लाख ८३८ रुपैयाँमा ६ करोड २४ लाख ३९ हजार ६ सय रुपैयाँ भुक्तानी पुर्वाधार कार्यालयबाट भएको ईन्जिनियर सन्तोष अर्यालले जानकारी दिए ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ म्याग्दीले १८ किलोमिटर दूरीको पोखरेबगर–चित्रे सडक कालोपत्रे गर्न मोतिदान–जयमाता जेभीसँग २७ करोड ९१ लाख ३५ हजार रुपैयाँमा ठेक्का सम्झौता छ । आयोजनाको भौतिक प्रगति ३८ प्रतिशत मात्र छ, कम्पनीले योजनाहरुप्रति बेवास्ता गरेको छ । त्यस्तै सदरमुकाम बेनीमा रहेको खुल्लामञ्च निर्माणमा बजेट अभावले अलपत्र छ,बेनी नगरपालिकासहित प्रदेश र संघका जनप्रतिनिधिहरुले बजेट विनियोजनमा ध्यान नदिदाँ गुरुयोजना अनुसार काम भईरहेको खुल्लामञ्च अलपत्र जस्तै हिउदँमा काम रोकिएको छ। नगरपालिका जिम्मेवार नवन्दा खुल्लामञ्च बजेट अभावमा अलपत्र छ। बेनी– पाखापनी र दरवाङ– मुना सडकपनि बजेट अभावमा छन् ।
सडक आयोजना अलपत्र हुनु निर्माण ब्यवसायीको लापरबाही देखिन्छ । उनीहरुको बेवास्तालाई जनप्रतिनिधि, पुर्वाधार विकास कार्यालय र जिल्ला प्रशाशन कार्यालयले बारम्बार ताकेता गर्दापनि कामप्रति जिम्मेवार भएर लागको देखिदैन् ।


विकास आयोजना अलपत्र पार्ने निर्माण ब्यवसायीलाई कारबाही गर्ने कडा नियम नबनेसम्म योजनाहरुमा ढिलासुस्ती प्रक्रिया चलिरहने प्रमखु जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । उनले– निर्माण ब्यवासायीलाई आफुले जानेर काम गनुपर्छ ज्ञान छैन, काम गर भनेर ताकेता गर्दा पनि योजनामा निर्माण ब्यवसायीले सम्झौता अनुसार मेशिन र मजदुर प्रयोग गरिरहेका छैनन् । हिउँदको समयममा पनि ब्यक्तिको घरमा काम गर्ने जस्तै ८÷ १० जना श्रमिक, एक÷दुई मेशिन लगाएर काम समयमै सम्पन्न हुने लक्षण नदेखिने सरोकारवाहरु बताउछन् ।
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक आयोजनाको हालसम्मको भौतिक प्रगति ५० प्रतिशत छ । कोरोना भाइरस संक्रमण जोखिमका कारण गत चैतमा लकडाउन भएदेखि काम रोकेका निर्माण कम्पनीले अझै काम अघि बढाउन सकेका छैनन् ।

हाईप्रोफाइल ब्यक्तिले लिएको आयोजना कार्यान्वयनमा भएको ढिलासुस्तीले समग्र विकास प्रभावित र नागरिकलाई सास्ती र निर्वाचित जिल्लाका जनप्रतिनिधिहरुले आलोचना खेप्न बाध्य छन्। सबैभन्दा बढी नागरिकको सुविधासँग प्रत्यक्ष जोडिएको सडक निर्माणमा ‘लागत अनुमानभन्दा धेरै प्रतिशत घटेर ठेक्का लिएका निर्माण कम्पनीहरूले समयमै काम गर्न नसक्ने र अलपत्र बनाएर छाड्ने प्रवृत्ति देखिएको जिल्ला समन्वय समितिका प्रमुख देवन्द्रबहादुर केसीले बताए ।


सडक दिगो र प्रभावकारी रुपमा नवन्दा सडक पुगेको गाउँहरुमा बाढी पहिरोले क्षति पु¥याउदाँ राहत पु¥याउन र घाईते तथा विरामीहरु अस्पतालसम्म ल्याउन र लैजान हेलिकप्टर प्रयोग गर्नुपरेको थियो । बारम्बार ताकेता गर्दा काममा फर्किएपनि सम्झौता अनुसार मेशिन तथा मजदुर परिचालन नभएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख नवराज पौडेल बताउँछन् । योजनामा निर्माण ब्यवसायीको लापरबाहीले मेशिनहरु प्रयोग गरेर सडक खन्ने पर्खाल निर्माणमा ढिलासूस्ती गर्दा बरीपरिका बस्तीे पहिरोको जोखिममा परिरहेका छन् । योजनाहरु ढिलासुस्ती गर्ने निर्माण ब्यसायीलाई नेता र कर्मचारीको संरक्षणले बारम्बार जनताले सास्ती खेप्नुपरेको छ।