एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशन
Koralapost पुस २३, २०७८ शुक्रबार

म्याग्दी, २३ पुस । बेनीमा नेकपा एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशन सुरु भएको छ। नयाँ नेतृत्व चयनका लागि बेनीस्थित जिसस सभाहलमा सुरु भएको अधिवेशनको उद्घाटन सत्रमा बोल्ने नेताहरुले सहमतीमा पाटी नेतृत्व चयन गर्नुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो ।


उद्घाटन कार्यक्रममा नेकपा एमाले केन्द्रिय स्थायी कमिटी सदस्य थममाया थापाले नवौं अधिवेशनबाट सहमति नेतृत्व चयन गरेर आगामी चुनावको तयारीमा अघि बढ्न अधिवेशनमा उपस्थित कार्यकतालाई आग्रह गर्नुभएको थियो । “जनताको विश्वास जितेको पाटी एमाले हो, एमाले नेतृत्व गरेको सरकारले गरेको विकास अन्य पाटीले गरेको छैन,’’– उहाँले भन्नुभयो,– “केपी ओली सरकारले गरेको राष्ट्रिय, विकास निर्माण, शुशासन, समाजिक सुरक्षा क्षेत्रमा गरेको कामलाई प्रचारप्रसार गरेर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । ”


नेकपा एमाले सरकारमा नभएपनि जनताको मनमा छौ भन्ने चितवनमा भएको महाधिवेशनले पुष्टि गरेको थापाले बताउदै आगामी चुनावमा जनताले एमालेलाई पहिलो पाटी हुने पुष्टि महाधिवेशनले गरेको भन्नुभयो । उहाँले गाउँगाउँमा पुगेर एमालेले नेतृत्व गरेको संघ, प्रदेश र स्थानीयका कामहरुको प्रचारप्रसार गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।

त्यस्तै केन्द्रिय सदस्य भुपेन्द्रबहादुर थापाले एमाले नेतृत्व गरेको सरकारले म्याग्दीको विद्युत, सडक, पुल, खानेपानी, सिचाई लगायतको विकासमा तिव्र रुपमा अघि बढाएको बताउनुभयो । “प्रविधिको प्रयोगमा अन्य पाटीले प्रतिस्पर्धा गर्न नसक्ने पुष्टि एमालेको महाधिवेशनले पुष्टि गरेको छ,”– थापाले भन्नुभयो,”–“ पाटीको चुनावमा ट्यांकीमा भोट खसाल्ने ब्यवस्था मिलाउने कांग्रेसले नागरिकको चाहना अनुसार देशको विकास नगर्ने लक्षण देखिएको बताए ।” आगामी चुनावमा नेकपा एकीकृत समाजबादी लगायतका साना पाटी विलय एमालले गराउने छौ,– उहाँले भन्नुभयो । त्यस्तै केन्द्रिय सदस्य नरदेवी पुन, गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, अनेम संघ म्याग्दीकी अध्यक्ष थमसरा पुन, अखिल क्रान्तिकारी प्रदेश कमिटी अध्यक्ष प्रकाश पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो ।


नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उपाध्यक्ष देवेन्द्रबहादुर केसीको स्वागत, सचिव बालकृष्ण सुवेदीको संचालनमा सम्पन्न भएको थियो । शनिबारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।