तातोपानी कुण्डमा भीड
Koralapost पुस २२, २०७८ बिहीबार


म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्डमा डुब्नेको भीड । चिसो मौसममा विभिन्न रोगका बिरामी लगायतका मानिस प्राकृतिक उपचार गर्न तातोपानीमा भीड लाग्ने गरेको छ । बिरामीलगायतका मानिसको चाप बढेपछि तातोपानी डुब्ने पूर्वाधार निर्माण र बस्नका लागि होटल सुविधा थपिएका छन् । विरामी र अन्य मानिसहरुका लागि छुट्टाछुट्टै कुण्डको निर्माण गर्नुपर्ने देखिन्छ । तस्बिर : धिरन खत्री