क्याम्पस संचालक समितिको अध्यक्षमा ढुङ्गाना
Koralapost पुस १९, २०७८ सोमबार


म्याग्दी,१९ पुस । सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा सोमनाथ ढुङ्गाना चयन हुनुभएको छ । सोमबार सम्पन्न ३१ औ वार्षिकोत्सब, २० औ क्याम्पस सभा तथा ११ औ अधिवेशनले ढुङ्गानाको अध्यक्षतामा १२ सदस्यीय संचालक समिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

यसैगरी समितिको उपाध्यक्षमा दिपेन्द्र श्रेष्ठ(दिपु), कोषाध्यक्षमा राजकुमार थापा चयन हुनुभएको छ । समितिको सदस्यहरूमा शेरबहादुर केसी, कृष्णबहादुर थापा, ज्ञानेन्द्र कुमार श्रेष्ठ, अजयमिलन श्रेष्ठ, क्याःमिनबहादुर कार्की, सन्तोष रावल, किरण सापकोटा, दिपक कार्की र देउ प्रसाद छन्त्याल चयन हुनुभएको छ ।
संचालक समितिको सदस्य सचिवमा क्याम्पस प्रमुख रहने विधानमा व्यवस्था छ ।