पर्यटकियस्थलमा पुर्वाधारको अभाव
Koralapost मंसिर २८, २०७७ आईतबार


म्याग्दी, २८ मंसिर । संसारको सातौ अग्लो धौलागिरि र अन्नपूर्ण लगायतको हिमशृङखलाले भरिएको हिमाली जिल्ला म्याग्दीको पर्यटकियस्थलमा पुर्वाधारको अभाव छ । लामो यात्रामा भ्रमण गर्न आउने पर्यटकहरुले राउण्ड धौलागिरी, अन्नपूर्ण आधार शिविर, अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्ग, गुरिल्ला, धौलागिरी आईसफल, धौलागिरी सेञ्चुरी, पश्चिम धौलागिरी लगायतका पदमार्गमा पुर्वाधार अभाव रहेको हो । विभिन्न क्षेत्रमा गुरुयोजनासहित पुर्वाधार नहुदाँ पर्यटकहरुले भरियामार्फत आवश्यक समाग्री बोकेर प्राकृतिक हिमशृंखलाहरुमा घुम्नु पर्ने बाध्यता रहेको छ।

जिल्लाका प्रमुख पर्यटकीय आकर्षणका रुपमा कुमारी हिमाल, मुक्तिनाथसंग जोडिएको धार्मिक रुट र प्राकृतिक ठाउँहरु रहेको पुर्व सांसद नवराज शर्माले बताए । गुर्जादेखि धौलागिरि हिमालसम्म, धाार्मिक गन्तव्यहरूमा गलेश्वरधाम, जगन्नाथ मन्दिर, पुलाश्रम, मालिकाथान, महारानी थान लगायत छन्। त्यस्तै धौलागिरि सेन्चुरी, धौलाागिरि राउण्ड, धौलागिरि आइसफल, गुरिल्ला पदमार्ग पुर्वाधार निर्माण हुन नसकेको पुर्व सांसद शर्माले बताए ।
धौलागिरि हिमाल (८,१६७ मिटर) अन्नपूर्ण प्रथम, चुरेन, गुर्जा, मानापाथी लगायतका दर्जनौ हिमाल रहेको छ । हिमालपारिको जिल्ला मुस्ताङको प्रवेशद्धारको रुपमा समेत रहेको म्याग्दीमा हिमालहरुसंगै, अग्ला झरना, ताल तलैया, धार्मिक र ऐतिहाँसिक सम्पदाहरु थप पर्यटकहरुको आकर्षण हुन् । छोटो दुरीमा २ देखि ५ दिनसम्मको यात्रामा आउने पर्यटकहरु घोडेपानी पुनहिल, फुलवारी, करबाकेली, खोप्रा, मोहोरडाँडा, टोड्के, जगन्नाथ, रुईसे–भेडीओढार, रिखार, स्वर्गाश्रम, बेलढुंगा, बेगको नेपालकै लामो झोलुंगे पुल, रुप्से झरना, अन्ध गल्छी, रुमको दुरलेक, भालेबास्ने ताल, मालिका धुरी, लुकेको बस्ती गुर्जा, हिमालको काखमा रहेको मुदी, तातोपानी कुण्डहरु, लगायतका पर्यटकीय आकर्षणका गन्तव्य हुन् ।

अधिकांश क्षेत्रमा पूर्वाधारका हिसाबले हामी कमजोर छौ, लामो गन्तव्यहरूमा राम्रो बाटो, होटल आदि बनिसकेको छैन। घोडेपानी क्षेत्रबाहेक अन्यत्र पूर्वाधारको अवस्था कमजोर रहेको पुर्व सांसद केसीले बताए । तत्कालिन जिविसको पर्यटन गुरुयोजनासहित सरोकारवालाहरु एकीकृत रुपमा अघि बढ्न नसक्दा पुर्वाधारको अभाव पर्यटकियस्थलमा देखिएको बताए ।

सांसद शर्माले–, “राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि कर्मचारी, विभिन्न संघसंस्था एकीकृत भएर पर्यटन क्षेत्रमा योजनासहित बजेट विनियोजन गरेर छोटो समयमा पुर्वाधार निर्माणले स्वदेशी तथा विदेशी पर्यटक बढाउदै म्याग्दीलाई विश्वभर चिनाउन सकिन्छ ।”

संसारको १० उतकृष्ट गन्तव्य परेको पुनहिल घोरेपानीमा सुविधाँ सम्पन्न पुर्वाधारले विदेशी तथा नेपाली पर्यटकहरुको चहलपहल बढ्दो क्रममा छ । भने सदरमुका बेनी, सिंगा तातोपानी, भुरुङतोपानीमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सुविधा सम्पन्न होटल छन् । पछिल्लो समय टोड्के, झाँक्रीपानी, खोप्रा, करबाकेलीमा स्थानीयको सक्रियतामा पुर्वाधार निर्माण भईरहेको छ।


स्थानीय तहको सक्रियतामा पर्यटकियस्थहरुलमा प्रचारप्रचार तथा पुर्वाधार निर्माणले आन्तरिक पर्यटकहरुको चहलपहल बढेपनि पर्यटक लामो समय बसाई हुने पुर्वाधार बनेको छैन् । प्राकृतिक सुन्दरतासहित बाह्मण, क्षेत्री, थकाली , मगर , छन्त्याल, पञ्चेबाजा, झाँकी, लगायतको कला संस्कृति र ऐतिहाँसिक धार्मिक स्थलहरु अवस्थित जिल्लामा पर्यटन क्षेत्रको थप बलियो आधार हुन् ।


स्थानीय सरकार लगायतका संघसंस्थाले ब्यानरसहितको भ्रमण र मेला महोत्सवले मात्र भ्रमण बर्षमा पर्यटक बढ्न सक्दैन् । कोरोना भाईरसका कारण ओझेलमा परेको पर्यटक क्षेत्रलाई उकास्न गाउँगाउँमा अर्गानिक बस्तुको उत्पादन, होटल तथा होमस्टे प्रभावकारी रुपमा विकास गर्नुपर्छ । पछिल्लो समय जिल्लाका जनप्रतिनिधि योजनाबद्ध विकास भन्दा टुक्रे योजनामा केन्द्रित हुदै बजेट विनियोजन गरेका छन् ।