टोड्केमा पर्यटन पुर्वाधार थपिदै
Koralapost मंसिर २५, २०७८ शनिबार


म्याग्दी, २५ मंसिर । पछिल्लो समय पर्यटकको रोजाइमा परेको म्याग्दीको पर्यटकिस्थल टोड्केमा पर्यटन पुर्वाधार निर्माणले मुहार फेरिदै गएको छ । रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको सिमा क्षेत्रले समेटिएको टोड्केमा नीजि लगानीमा रिर्सोट, गाउँपालिकासंगै संघ र प्रदेश सरकारको लगानीमा सडक, उधान बगैचा, पदमार्ग, चिल्डेन पार्क, शौचालय, खानेपानी लगातको पूर्वाधार निर्माणले तिब्रता पाएको छ ।


धौलागिरी सेञ्चुरी पदमार्गको प्रवेश विन्दुमा पर्ने टोड्केमा पर्यटकको चहलपहल बढाउन संघ र प्रदेशसंग सहकार्य गरेर पुर्वाधार निर्माणलाई जोड दिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । उनले झिँ गाउँदेखि टोड्के जोड्न पदमार्ग, उकालो बाटोमा करिव ४२५ मिटर पदमार्ग, दुईवटा प्रतिक्षालय र दृष्य अवलोकन गर्ने स्थल सहितको उद्यान बगैचा निर्माणको काम अघि बढेको छ। उक्त योजनालाई सम्पन्न रु ५८ लाखमा खुशी होम बिल्डर्स प्रा.लीले साउनदेखि ठेक्का लिएर काम गरिरहेको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । एतिहासिक स्वर्गद्वारी आश्रम, शिब मन्दिरको जिर्णोद्धार गर्न पुरातत्व विभागमा प्रस्ताव पेश गरिएको छ,’– उनले भने – टोड्केमा उच्च स्थानको खेलमैदान निर्माण, झिँ टोड्के सडक स्तरोन्नतीको लागि ठेक्का प्रक्रिया अघि बढेको छ।’ त्यस्तै गतबर्ष बन कार्यालयका सहकार्यमा १० लाख बजेटबाट शौचालयसहित चिल्डेन पार्क निर्माण गरिएको छ । यस बर्ष झिँदेखि टोड्के मोटरबाटो स्तरोन्न्तीका लागि २१ लाख बजेटमा ठेक्का सम्झौता भएको छ ।

भ्यूटावरको डिपिआर तयारी पारी पर्यटन मन्त्रालयमा पस्ताव पेश गरिएको छ,‘ टोड्केदेखि स्वार्गाधारी आश्रम, मालिका, ठाडाखानी, कोटगाउँ, उल्लेरी, रायखोर, मुलपानी चौराखानी, ध्यासीखर्क दुवाडीगेट, पात्लेखर्क, रिखार हुदै धौलागिरी आईसफल सम्मको १७३ किलोमिटरेको पदमार्ग निर्माणको डिपिआर निर्माण भएको अध्यक्ष भण्डारी बताए ।

मंगला गाउँपालिकाले समेत सिमचोकदेखि टोड्केसम्मको सडक स्तरोन्नतीलाई प्राथमिकतामा राखेको छ । क्रमागत रुपमा सडकको स्तरोन्न्ती गरिरहेको र पुर्णगाउँमा होमस्टेको काम अघि बढेको मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले जानकारी दिए । उनले टोड्के क्षेत्रको प्रचार प्रसार र पूर्वाधार निर्माणमा पालिका, प्रदेश र संघीय सरकार मार्फत निरन्तर पहल भैरहेको बताए ।
समुन्द्रि सतहदेखि दुई हजार ४ सय मिटर उचाईमा रहेको टोड्केबाट सुर्योदयसंगै धवलागिरी, अन्नपुर्ण निलगिरी लगायतका एक दर्जनभन्दा बढी हिमालहरुको दृष्य अवलोकन गर्न पर्यटक आउने गरेको टोड्के हिल रिसोर्टका संचालन भिम शेरचनले बताए ।करोडौ लगानीमा आवाससहितको पुर्वाधार निर्माण भएपछि पोखरा, काठमाण्डौ, बेनी र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको समुह बस्ने गरी आउन थालेको उनले जानकारी दिए । टोड्केबाट म्याग्दी बागलुङ, पर्वत लगायतको बस्तीहरुपनि देखिन्छ । टोड्के पुग्ने पर्यटकले ग्रामिण जिवनशैली, कलासस्कृतिको अध्ययन र अवलोकन गर्न सकिन्छ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्सी (नाटा) को टोलीले पर्यटन सम्भावनाको खोजी गर्दै टोड्केमा पुगेका छन् । पर्यटन पूर्वाधार निर्माणले सम्भावनायुक्त बनेको टोड्केमा पुगेका उक्त टोलीले टोड्केमा मौलिकता जोगाएर पर्यटन ब्यवसाय अघि बढाउन स्थानीयलाई आग्रह गरेका छन् । विदेशबाट पोखरा घुम्न आउने पर्यटकको बसाई लम्ब्याउन र नयाँ गन्तव्य पहिचान गर्न टोड्केलाई रोजेको नाटाका अध्यक्ष सञ्जय कान्त सिग्देलले बताउदै उनले पर्यटकको लागि टोड्के उपयुक्त गन्तव्य हो सडक, पदमार्ग लगायतका पुर्वाधार पर्यटकको आकर्षण गर्ने किसिमले निर्माण गर्न सिग्देलले आग्रह गरेका थिए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रवन्धक नविन पोखरेलले गाउँपालिका, स्थानीयबासी, होटल संचालकहरुको जागरुताले पर्यटन ब्यवसायलाई आर्यआर्जनको रुपमा विकास गर्न सकिने बताए । बेनीदेखि टोड्के पुग्न ६ वडा सडक छन् । बेनी–गलेश्वर– उवाखेत÷झिँ–टाड्के, बेनी– तातोपानी–सिमलचौर–कुहुँ– पुर्णगाउँ– टोड्ेक, बेनी अर्थुँगे– पुलाचौर– पुर्णगाउँ– टोड्ेक यातायातको सुविधामा पुग्न सकिनछ । भने पदयात्राको रुपमा बेनी– अथुंगे–पुलाश्रम–ढोलथान– जगन्नाथ– टोड्के पुग्न सकिन्छ ।