सडक छ तर एम्बुलेन्स पुग्दैनन्
Koralapost मंसिर १९, २०७८ आईतबार

म्याग्दी, १९ मंसिर । पछिल्लो समय म्याग्दीका ग्रामिण भेगमा खनिएका साघुरा सडकमा दुर्घटना हुने क्रम रोकिएको छैन् । मापदण्ड पुरा नगरिकन विस्तार गरिएका साँघुरा र कच्ची सडक, सवारी चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु र सवारी साधनको अवस्थाको चेकजाँच नगर्ने प्रवृत्ति कारण दुर्घटना जोखिम कायम छ । ग्रामिण सडकमा विभिन्न समयमा हुने अकस्मात सवारी दुर्घटनाका घाईतेलाई ल्याउन घटनास्थलमा पुग्न नसक्ने अवस्थामा एम्वुलेन्स पुगेका छन् ।

मंसिर १३ गते रघुगंगा गाउँपालिका १ बेगको घाप्तामा बोलेरो जीप दुर्घटनामा घाईतेलाई ल्याउन घटनास्थलमा नेपाल रेडक्रस सोसाईटीको एम्वुलेन्स पुग्न सकेन । घटनास्थलमा पुगेको अर्को स्थानीय रुपमा चल्ने जीपमा घाईतेलाई हालेर बेखखोलासम्म लिएर त्यहाँबाट घाईतेलाई एम्वुलेन्सले बेनी अस्पतालमा ल्याएको चालकले बताए । जिल्लामा बेनी अस्पताल, मालिका, अन्नपुण गाउँपालिका र रेडक्रससहितको ४ वटा एम्वुलेन्स रहेको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । बेनी पोखरा, बेनी र दरवाङ, बेनी, दानासम्मबाहेक ग्रामिण बस्तीमा पुग्न एम्वुलेन्सलाई कठिन छ । विगतका विभिन्न समयमा भएका सवारी दुर्घटनामा स्थानीय बोलेरो, जीप, ट्याक्सी र हेलिकप्टरमा मार्फत उद्धार गरिदै आएको छ। अस्पताल र रेडक्रसले संचालन गरेको विरामी बेनीबाट पोखरासम्मका अस्पतालमा विभिन्न रोगका विरामीलाई ल्याउन ब्यस्त हुन्छन् ।

मंङ्सिर १३ गते सोमबार साझपखँ म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोलामा बेनीबाट बेग जाँदै गरेको ग १ ज ७२५१ नम्वरको बोलेरो जिप घाप्पा औलको उकालो मोड नपुग्ने घुम्तीबाट २ सय मिटर भन्दा तल खस्दा ४ जनाको ज्यान गयो । उक्त दुर्घटनामा परेर बेगका स्थानीय खिम पुन, खिमानन्द शर्मा, जिपका चालक दुतबहादुर थापा, र वडा सदस्य गौमायाँ विश्वकर्माको मृत्यु भएको छ भने अन्य चार जना घाईते भएका छन् । दुर्घटनामा घाईते भएका ४ जनालाइ बेनी अस्पतालमा उपचार गरि अहिले पोखरास्थित मणिपाल अस्पतालमा उपचार भैरहेको छ । ट्राफिक कार्यालय म्याग्दी प्रमुख इन्द्र बहादुर नेपालीले साँघुरो र घुम्ती नपुगेको सडकमा उकालोमा जाँदै गरेको बोलेरो जिपलाई घुम्तीमा मोड नपुगेर पछि सर्ने क्रममा दुर्घटनामा परेको प्रारम्भीक अनुसंधानमा देखिएको बताए ।

जिल्लामा विस्तार भएका ग्रामिण सडक अधिकाँश मापदण्ड विपरित विस्तार भएका छन् । प्राविधिक सर्वे विना डोचर चालकको भरमा मापदण्ड पुरा नगरिकन विस्तार भएका सडक जिणर्, साँघुरा र ग्रेड नमिलेका सडमा सवारी चालकको लापरबाहीले विभिन्न समयमा दुर्घटना हुने गरेको कार्यालय प्रमुख नेपालीले जानकारी दिए । जिल्लामा हरेक बर्ष दुर्घटनाको संख्या र त्यसमा हुने मानविय क्षति बढ्दो छ ।

यस आर्थिक बर्षको मङ्सिर १५ गतेसम्ममा जिल्लामा ५ वटा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भैसकेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, आर्थिक बर्ष २०७५/०७६ मा ७ वटा सवारी दुर्घटना भएका थिए भने दुई जनाको ज्यान गएको थियो । त्यसैगरि आ.ब. २०७६/०७७ मा १३ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । आर्थिक बर्ष २०७७/०७८ मा १२ वटा सवारी दुर्घटना भएका थिए भने ८ जनाको मृत्यु भएको कार्यालय प्रमुख नेपालीले जानकारी दिए ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतना र चेकजाँचमा कडाई गरिएपनि सडकको जिणर् अवस्था र चालकको लापरबाहिले दुर्घटनालाई कम गर्न चुनौति थपिएको उन्को भनाई छ । एक नगरपालिका र ५ गाउँपालिकामा रहेका ४५ वटा वडाहरुमध्ये जिल्लामा धवलागिरि गाउँपालिका-१ गुर्जा बाहेक अन्य सबै वडामा कच्ची सडकको सञ्जालले जोडिएको छ । जिल्लाभर हालसम्म ५७२ किलोमिटर बढी कच्ची सडक विस्तार भैसकेको छ भने जिल्लाभरमा जम्मा ९ किलोमिटर सडक मात्रै कालोपत्रे गरिएको छ । नेपाली कांग्रेसका म्याग्दीका सभापति खमविर गर्वुजाले सडक र एम्वुलेन्सका विषयमा राजनीतिक दल र जनप्रतिनिधिले सोच्नुपर्ने देखिएको बताए ।

कच्ची रुपमा विस्तार भएका अधिकाँश सडकको अवस्था जिणर् रहेकाले सवारी दुर्घटनाको जोखिम बढेको जानकारहरु बताउँछन् । अधिकाँश ग्रामिण सडकमा विरामी लिन एम्बुलेन्स पुग्न सक्ने अवस्था छैन् । दोहोरो वारपार गर्न समेत मुस्किल पर्ने सडकको स्तरोन्नतीमा प्रभाबकारी योजनाहरु सञ्चालन हुन सकिरहेका छैनन् । हरेक स्थानीय तहको बजेट सडकलाई नै पहिलो प्राथमिकता राखेर खर्च हुने भएपनि सडकलाई स्तरीय बनाउन नसक्नु विडम्बनापूणर् छ ।

सडक मर्मत र स्तरोन्नतीको काममा जनप्रतिनिधि स्वयमका डोजर परिचालन हुने र गुणस्तर र मापदण्ड पुरा नगर्ने प्रचलनका कारण सडकमा खर्चिने बजेट बालुवामा पानी हाले जस्तै बनेको छ ।