पत्रकारले रिल्याक्स गर्ने बेला होईन : प्रचण्ड
Koralapost मंसिर १८, २०७८ शनिबार


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रियावादी र प्रतिक्रान्ति शक्तिहरूले अझै पनि प्राप्त उपलब्धिहरूलाई उल्टाउने प्रयास गरिरहेको बताउँदै अहिले नै पत्रकारले ‘रिल्याक्स’ गर्ने बेला नभएको बताएका छन् । चितवनमा आयोजित प्रेस सेन्टर नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘खतरा अझै टलिसकेको छैन । हामीले ब्याटल एक पटक त जित्यौँ । तर गठबन्धनलाई कमजोर बनाउन खोजिरहेका छन् । प्रेसमार्फत भ्रम छर्न खोजिरहेका छन् । हामी रिल्याक्स गर्ने ठाउँमा आइपुगेका छैनौँ ।

उनले प्राप्त उपलब्धिहरुलाई प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरुको हमलाबाट बचाउन प्रेस सुदृढ हुन आवश्यक रहेको पनि बताए । ‘दिगभ्रमितहरुलाई जनचेतना दिने अनिवार्य शर्त हो । क्रान्ति र प्रतिक्रान्ति रोक्ने आफ्नो हिस्साको जिम्मेवारीलाई राम्रोसँग निभाउनुहोला,’ उनले भने, ‘हिजो जनयुद्धमा हतियारसँगै कलम पनि हिँड्थ्यो । तर, युद्धमा सेना र बन्दुक नै निणर्ायक हुन्थ्यो । शान्तिमा आएपछि अबको लडाइँ विचारको क्षेत्रमा हो । अबको पहिलो मोर्चा भनेको कलम हो ।’