मौलिक पञ्चेबाजा ब्यवसायीक बनेन्
Koralapost मंसिर २५, २०७७ बिहीबार


म्याग्दी, २५ मंसिर । विवाह, बत्तबन्ध, आजापुजा, महोत्सव, महायज्ञ, विजय¥याली लगायतको शुभकार्यमा बजाउने मौलिक पञ्चेबाजा बजाउने जातिको ब्यवासायीक बन्न सकेको छैन् । विभिन्न शुभकार्यमा बजाईने पञ्चैबाजा संरक्षणमा विभिन्न जातजाती सक्रिय भएपनि मौलिक रुपमा बज्ने पुराना बाजाको ताल नया भुल्दै गएको गएको रघुगंगा गाउँपालिका– ३ जोत्रे पिपल नौमती बाजा समुहका संयोजक हर्कबहादुर परियारले बताए ।

कर्नल नर्सिह, दमाए, सनाय, ट्याङ्को, ढलकी र झ्याली बाजासहित नौजना बजाउने मान्छे हुन्छन् । साता ओटा बाजामा सनाई र दमाई बजाउने दुई÷दुइजना हुने उनले बताए । नौमती बाजामा नौ जना हुन्छन् । नौमती बाजाको धुनले सबैलाई आनन्द दिलाउछ, यो पेशा ब्यवसायीक बन्न नसक्दा अन्य पेशा पनि गर्नुपर्ने बाध्यता रहेको छ ।
बाजा बजाउने दमाई जातीहरुमा पुराना पुस्ताले नयाँ पुस्तालाई सिकाएपनि उनीहरुको निरन्तरण आम्दानी सोही क्षेत्रमा हुन नसक्दा विदेश पलायन बढेको उनले बताए । बाजेबुवाहरुले बजाउदै आएको बाजा हामीले सिकौँ, नयाँ पुस्तालाई सिकाऔ, तर उनीहरुको दैनिक आम्दानीको स्रोत बन्न नसक्दा अन्य पेशामा आवद्ध हुनु पर्ने कारणले पञ्चेबाजा निरन्तर आम्दानीको पेशा नबनेको परियारले भने। नौमती बाजा विभिन्न शुभकार्यमा जादाँ १ दिनको २० हजार, दुईदिनको ४० हजार रहेको छ। गाउँभन्दा टाढा जानुप¥यो भने यातायात खर्चसहित बढी रकम लिने गरिएको बाजा समुहले बताए ।
“ विभिन्न शुभकार्यमा विहान बेलुकीको पञ्चेबाजाको पार, ब्याउली ल्याउने भित्र्याउने, सम्मान, स्वागत तथा सुरुवात, देउपृतिलाइ, नाच्ने ताल, विदाई लगायतको तालहरु बाजामा हुन्छ” परियारले भने । “परम्परागत बाजा संरक्षण गर्नु हाम्रो पनि दायित्व हो, तर मौलिक बाजा बजाएर जिविकोपार्जन नुहदाँ यो पेशामा नया पुस्ताको आकषर्ण कम छ ।”
वडा नम्वर–३ राखु भगवतीमा उत्कृष्ट सनाइ बजाउने १४ बर्षिय विशाल परियार छन् । उनले ब्यवसायिक रुपमा पञ्चेबाजा बजाएर जिवीकापार्जन ग्राहो देखिन्छ । नयाँ पुस्तामा बाजा बजाउने सिप सिकाएपनि रोजगार लगायतको कारणले लामो ग्याप हुदाँ पुराना तालहरु भुल्ने सम्भावना बढ्ने देखिन्छ । नेपाली संस्कृतिको परम्परागत बाजालाई संरक्षण गर्न दलित लगायतको क्षत्री बाह्रमण जाती सबै लागि परेपनि तालिमको अभावमा विभिन्न पुराना तालहरु बजाउन नससेको जोत्रे पिपल नौमती बाजा समुहले बताए ।
पछिल्लो समय बाजाको महत्व बढ्दै गएपनि स्थानीय सरकार बाजा संरक्षण तथा नयाँ पुस्ता हस्तान्तरणका लागि तालिम संचालनका लागि बजेट विनियोजन छैन्, उनले भने । “बाजा जसले बजाउछ, उसले बाजा किन्नुपर्छ । विभिन्न शुभकार्यमा बजाउने यो पेशा अगाल्नमा बढी दलितनै रहेका छन् ।” दिनानुदिन महत्व बढ्दै गएको नौमती बाजाको संरक्षणमा तालिम र परम्परागत रैथाने पञ्जेबाजा पेशा ब्यसायिक रुपमा अघि बढाउन स्थानीय सरकारले ध्यान दिन आवश्यक देखिन्छ ।