नेकपा एमालेको अध्यक्ष पदमा ओली विजयी
Koralapost मंसिर १४, २०७८ मंगलबार


म्याग्दी, १४ मंसिर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन् । मत परिणाम अनुसार ओलीले प्रतिद्वन्द्वी भीम रावललाई हराउँदै निर्वाचित बनेका हुन् । ओलीले १८४० र रावलले २२३ मत ल्याए । यस्तै ३३ भोट भने खाली भएको बताइएको छ ।
ीनर्वाचन आयोगका अनुसार दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । ६९ वटा भोटिङ मेसिनमा महाधिवेशन प्रतिनिधि मत रेकर्ड भएको थियो ।