cheap nhl jerseys
कांग्रेसको उपसभापति पदमा केबी भण्डारी र हरिकुमार श्रेष्ठ विजयी « Koralapost
कांग्रेसको उपसभापति पदमा केबी भण्डारी र हरिकुमार श्रेष्ठ विजयी
Koralapost मंसिर ३, २०७८ शुक्रबार


बेनी, ३ मंसिर । नेपाली कांग्रेस म्याग्दीको साँतौ जिल्ला अधिबेशनबाट सर्वसम्मत नभएका उपसभापति, सचिव र सह-सचिव पदमा मतगणनाबाट टुंगो लागेको छ। शुक्रबार आएको अन्ति परिणाम अनुसार कांग्रेस म्याग्दीको उपसभापतिमा कणर्बहादुर भण्डारी (केबी) हरिकुमार श्रेष्ठ लोकप्रिय मत लिएर विजयी भएका छन् । सचिवमा भरतबहादुर रकाल र हिरा पुन निर्वाचित भएका छन् ।

मतगणनाको अन्तिम परिणाम अनुसार उपसभापति पदमा विजयी उम्मेद्वार भण्डारीले ३७९ मत र बेनी नगरपालिकाका मेयर समेत रहेका श्रेष्ठले ३५४ मत प्राप्त गरेका थिए । जिल्ला कार्यसमितिको उपसभापति दुई उपसभापति पदमा ६ जनामा प्रतिस्पर्धा भएको थियो । अन्तिम मत परिणाम अनुसार, क्याप्टेन डमबहादुर गर्वजाको २३८ मत, कमल छन्त्यालको ८६ मत, माधव प्रसाद रेग्मीको ९९ मत, क्याप्टेन मीन बहादुर कार्कीको ८६ मत प्राप्त गरेका थिए ।


त्यस्तै मतगणनाको अन्तिम मत परिणाम अनुसार विजयी पुनले ३६९ मत र रकालले ३५७ मत प्राप्त गरेका छन् । सचिवमा प्रत्यासी अजयमिलन श्रेष्ठले ३५३ मत र दुर्गाराम सुवेदीले १५६ मत ल्याएका थिए ।


सह-सचिव पदमा धुर्वराज काकी र श्रीराम पौडेल विजयी भएका छन् । विजयी कार्कीले ४०५ मत, पौडेलले ३८७ मत र कमल उपाध्यायले २३१ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।


जिल्ला सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) सर्वसम्मत भएपनि उपसभापति, सचिव र उपसचिव र जिल्ला सदस्यमा सर्वसम्मत नभएपछि मतदान प्रक्रियामा गएको थियो । महाधिवेशन प्रतिनिधिको मतगणना जारी छ । कांग्रेसको ७३५ जना क्षेत्रीय प्रतिनिधि मध्ये ७१२ जनाको मत खसेको थियो ।