cheap nhl jerseys
चार बर्षदेखि स्वास्थ्य चौकीको भवन अलपत्र « Koralapost
चार बर्षदेखि स्वास्थ्य चौकीको भवन अलपत्र
Koralapost कार्तिक २६, २०७८ शुक्रबार


म्याग्दी, २६ कात्तिक । निर्माण ब्यवसायीको लापरबाहीका कारण म्याग्दीको धवलागिरि गाउँपालिका-५ मल्कबाङमा निर्माणाधीन स्वास्थ्य चौकी भवन अलपत्र परेको छ । चार वर्षअघि निर्माण सुरु भएको स्वाथ्य चौकीको भवनले पूणर्ता पाउन नसक्दा पूर्वाधार जीणर् बन्दै गएको छ भने स्वास्थ्य चौकीको सेवा प्रवाह समेत प्रभावित भएको हो ।

१८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको निर्माण कम्पनीको लापरबाहीका कारण भवन अलपत्र परेको स्थानीयवासी भीम छन्त्यालले बताए । ̒ठेकेदारकै कारण यो भवन बन्न सकेको छैन, दुई वर्ष अघिनै बनिसक्नुपर्ने थियो,’- उनले भने- ̒भवन बनेको भए नागरिकलाई स्वास्थ्य सेवा लिन सहज हुने थियो । अठार महिनामा सम्पन्न गर्ने लक्ष्यसहित दुई तले १४ कोठे भवनमा बिरामीको उपचारका लागि शैया, औषधि भण्डारण, कर्मचारी आवास, प्रशासन, तालिम हलका लागि छुट्टाछुट्टै कक्ष रहने गरी ठेक्का सम्झौता भएको थियो ।’

भवन छाउने, रङगरोगन गर्ने, फर्निचर, विद्युत्, पानी जडान, पर्खाल र घेराबार लगायतका काम बाँकी छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयबाट भवन निर्माण गर्न प्रतिस्पर्धामार्फत वोल्ड वाइड मालीका भगवती जेभीले विसं २०७४ मा रु एक करोड ७४ लाखमा ठेक्का सम्झौता गरेको थियो । गत वैशाख महिनादेखि निर्माण व्यवसायीले काम गरेको छैनन् । मौखिक रुपमा पटकपटक ताकेता गरिएको भएपनि निर्माण कम्पनीले बेवास्ता गर्दा भवनको संरचना समेत जीणर् र पुरानो हुँदै गएको वडाध्यक्ष खर्ककुमारी छन्त्यालले बताइन । पूर्वाधार अभावमा स्वास्थ्य चौकीको सेवा प्रभावित बनेको उनले भनिन् ।

स्वास्थ्य चौकीका अहेब लेखनाथ गौतमले पूर्वाधार अभावमा सेवा प्रभावित बनेको बताए । करिब २५० घरधुरीले सेवा लिने स्वास्थ्य चौकीको कामकाज प्रभावित बनेको गौतमले भने । जीणर्, साँघुरो र पानी चुहिने कच्ची भवनमा स्वास्थ्य संस्था सञ्चालन गर्दा नागरिकलाई समस्या भएको छ । छानोबाट पानी चुहिन्छ । प्रसूति गराउने, बिरामीको स्वास्थ्य परीक्षण र घाउ, चोटपटक सफा गर्ने ठाउँ साँघुरो छ । पर्याप्त कार्यकक्ष नहुँदा सेवा प्रवाहमा समस्या भएको अहेब गौतमले जानकारी दिए ।
यस स्वास्थ्य चौकीका दैनिक १० जनाको अनुपातमा सेवाग्राही आउने गर्छन् । स्थानीय सहायक ठेकेदारले अधकल्चो बनाएर करिब एक वर्ष रोकिएको भवन निर्माणकार्य आगामी चैत महिनाभित्र सम्पन्न गर्ने निर्माण ब्यवसायी गोपाल भट्टचनले प्रतिबद्धता जनाएका छन