cheap nhl jerseys
खेतीयोग्य जमिन वनजंगलमा परिणत « Koralapost
खेतीयोग्य जमिन वनजंगलमा परिणत
Koralapost कार्तिक ८, २०७८ सोमबार

म्याग्दी, ७ कात्तिक। पछिल्लो समय म्याग्दीमा खेतीयोग्य जमिन बाँझो र अनावश्यक रुख विरुवा लगायत झाँडीले भरिने क्रम बढेको छ। सुविधा, रोजगारी र गुणस्तरीय शिक्षाको खोजीमा बजार झर्दै गर्दा ग्रामीण बस्तीको उर्भरयोग्य जमिन जंगलमा परिणत भएको हो। युवाहरुमा विदेश, शहरकेन्द्रित ब्यवसाय र जागिरमा केन्द्रित हुदाँ गाउँमा बस्ने बुवा आमा निर्वाहमुखीमा सिमित छन् ।

पछिल्लो समय म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतीस्थित खेतीयोग्य जमिनमा अन्नबाली भन्दा बढी रुख विरुवा भरिएको छ। राखु भगवतीको खेतीयोग्य जमिनमध्य ६० प्रतिशत भु-भाग बनजंगल, झाँडीले भरिएको छ । खेती गरिरहेको जमिनमा पनि रुखविरुवा भरिएपछि पहिल्यजस्तो उत्पादन हुन छोडेको नरबहादुर भण्डारीले बताए । उर्भरभूमिमा धान, मकै, कोदो लगायतको रैथानीबाली लोप हुने अवस्थामा पुगेका छ । खेतीयोग्य जमिनमा टुनी, चिमल, मौवा, उत्तिस, बास लगायतको रुखविरुवा भरिएपछि बादरको आतंकपनि बढेको छ । बाँदरले कृषकले गरेको खेती खाने समस्या बढेको राखुका कृषक बताउछन् । पहिल्य बादर आउने थिएनन् पछिल्लो समय रुख विरुवा भरिएपछि बादर आउने क्रम बढेको राखु भगवतीका कृषक रामु खत्रीले बताए ।

राखुका युवाहरु स्वदेशमा सुरक्षित नभएपछि शिक्षा तथा रोजगारको शिलशिलामा युरोप लगायतको खाडीमुलकमा पुगेका छन्, कमाएपछि सदरमुकाम बेनी, पोखरा, काठमाण्डौ लगायतको शहरमा बसाईसराई गर्छन । जसले गर्दा गाउँको जंग्गा कमाउने मान्छे कमि भएको छ। ‘विस्तारै खेतीयोग्य जमिनमा अन्नपात लगाउने क्रम हट्दै गएको कृषि ज्ञान केन्द्रको तथ्याकंमा छ। उर्मर जमिनलाई असर गर्ने रुखविरुवा हटाउने र निर्वाहमुखी खेतीलाई परिवर्तन गरेर ब्यवासायी फलफूल खेती र तरकारी खेती गर्नतर्फ सबैका ध्यान जानुपर्ने राखु घट्टका सुन्तला कृषक बालकृष्ण कटुवालले बताए ।

म्याग्दीमा युवाहरु विदेश नै नगई गाउँमा नै अवसरहरुको खोजी गर्ने युवाहरु भने नगण्य मात्रामा रहेका छन् । रोजगारीका लागि विदेश पसेका युवाहरुबाट रेमिट्यान्स भित्रिने गरेपनि घरायसी खर्च, घर घडेरीम लगानी गर्ने क्रम बढेको छ। उत्पादनमूलक क्षेत्रमा लगानी नगन्य मात्रामा रहेको छन् ।

देशमा संघीय व्यवस्था लागु भएपछि दुर्गम गाउँमा सुविधा थपिएको छ, वस्ती वस्तीमा मोटरबाटो पुगेको छ । गाउँमा उत्पादन गरिएको वस्तु सहजरुपमा सवारीसाधनमार्फत बजारका पसलमा पुर्‍याउन सकिन्छ । रघुगंगा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले खेतीयोग्य जमिनको रुख विरुवा फडानीको अभियान संचालनमा उदासिनता छ । उत्पादनयोग्य जमिनलाई बाँझो नराखी ब्यावसायीक खेतीमा आकर्षित गर्ने योजना अघि ल्याउने जनदवाव आवश्यक देखिन्छ ।