cheap nhl jerseys
पाक्दै गरेको राखुको धान फाँट « Koralapost
पाक्दै गरेको राखुको धान फाँट
Koralapost कार्तिक १, २०७८ सोमबार


म्याग्दी, १ कात्तिक । निलगिरी र अन्नपुणर् हिमालसंगै म्याग्दीको रघुगंगा गाउँपालिका-२ राखु भगवतीको पाक्दै गरेको धानको फाटँ । राखुको उर्भर भूमि चिनिने यस फाटँमा कृषकले धान, गहुँ लगायतको खेती बाहेक ब्यवसायिक रुपमा आम्दानी हुने खेती गर्न सकेका छैन् ।

स्थानीय सरकारले कृषि क्षेत्रमा लगानी कम गर्दा यहाँका कृषकले निर्वाहमुखी खेती गर्दै रोजगारको लागि विदेश, ब्यवसाय र सरकारी जागिरमा केन्द्रित छन् । धानसंगै हिउदँमा तरकारी खेती गर्न सक्ने हो राखु तरकारी लगायतको खाद्यान्न उत्पादन गरेर आत्मनिर्भर बन्न सक्छ ।

कृषि क्षेत्रमा सिचाई र यान्त्रिक उपकरणहरु स्थानीय सरकारले कृषकलाई उपलब्ध गराउन नसक्दा कृषकले गोरुको भरमा निर्वाहमुखी खेती मात्र गर्दै आएका छन् ।