cheap nhl jerseys
मोनाको अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी दर्ता « Koralapost
मोनाको अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी दर्ता
Koralapost आश्विन ३१, २०७८ आईतबार


म्याग्दी, ३१ असोज । नयाँ नेतृत्व चयनका लागि म्याग्दी प्रवासी नेपाल संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशन कार्तिक २ र ३ गते बेनीमा हुने भएको छ। मोनाको अध्यक्ष पदमा तीन जनाको उम्मेदावरी दर्ता भएको आयोजकले जानकारी दिएको छ। समितिका वर्तमान वरिष्ठ उपाध्यक्ष मीम पुर्जा, उपाध्यक्ष अमर छन्त्याल र महासचिव विक्रम कार्कीले आगमी नेतृत्वको दावी गर्दै अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन मण्डलका संयोजक सुवाष श्रेष्ठले जानकारी दिए । पुर्जा नेदरल्याण्ड,छन्त्याल अमेरिका र कार्की कतारमा बसोबास गर्छन । तिनै जना म्याग्दी प्रवासी नेपाली संघको विभिन्न काममा सक्रिय भएर लागेका ब्यक्तिहरु हुन् । म्याग्दीको आर्थिक,सामाजिक र मानविय सेवामा मोनाको महत्वपूणर् भूमिका रहँदै आएको छ ।

मोनामा अध्यक्ष १ वरिष्ठ उपाध्यक्ष १ जना उपाध्यक्ष तिन जना, महिला उपाध्यक्ष १ जना, महसचिव १,सचिव २,प्रवक्ता १,कोषाध्यक्ष १, सहकोषाध्यक्ष १, महिला संयोजक १,महिला उपसंयोजक १, क्षेत्रीय संयोजक र उपसंयोजक ५/५ जना रहने व्यवस्था छ । सदस्यहरुमा प्रत्येक देशमा रहेका मोनाका समितिले एक एकजना सदस्यहरु पठाउने व्यवस्था छ । कोरोना महामारीको जोखिमका कारण कतिपय देशमा रहेका मोनाका शाखा मार्फत प्रतिनिधिहरु आउन सम्भव नभएपछि भौतिक र अनलाइन मार्फत सहभागीता जनाउन पाउने गरि प्रवन्ध मिलाईएको अध्यक्ष ओमनारायण जुग्जालीले बताए ।

महाधिवेशनमा २६१ जनाले सहभागीता जनाउने महाधिवेशन संयोजक मिम पुर्जाले जानकारी दिनुभयो । मोनाको बेनी स्थित सचिबालयमा समितिका पदाधिकारीहरु आएर विभिन्न संघ संस्था र व्यक्तिहरुसंग महाधिवेशनको तयारीमा लागेका छन् । महाधिवेशनलाई सफल बनाउन गठीत उपसमितिहरु मार्फत तयारी तीव्र पारिएको र प्रतिनिधिहरु प्रवासबाट स्वदेश आउनेक्रम समेत बढेको छ । महाधिवेशनबाट मोनाको आगामी दुई बर्षे कार्यकालको लागी नयाँ नेतृत्व समेत चयन हुनेछ । उद्घाटनको अवसरमा बेनीमा साँस्कृतिक झाँकी सहितको र्‍याली समेत आयोजना गरिने जनाइएको छ । कात्तिक २ गते मंगलबार जिसस सभाहलमा महाधिवेशन उद्घाटन हुने आयोजकले जनाएका छन् ।