cheap nhl jerseys
सरकारी राँगोको बढिबढाउ : तीन लाख बोलमा आर्यन खड्काले मार हान्ने « Koralapost
सरकारी राँगोको बढिबढाउ : तीन लाख बोलमा आर्यन खड्काले मार हान्ने
Koralapost आश्विन २८, २०७८ बिहीबार


म्याग्दी, २८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतीका आर्यन खड्काले तीन लाख रुपैयाँ बोलकवोलमा सरकारी राँगो मार हान्ने (काट्न) भएका छन् । भगवती कोतमा नवमीको दिन बली दिईने राँगो मार हान्ने व्यक्तिले कालरात्रीको राति कोटमन्दीरमा सर्वसाधारणको बिचमा खुल्ला बोलकबोल गरिन्छ । हालसम्मकै बढी मूल्यको बोलकबोलमा भगवती बयरी डिलका युवा आर्यन खड्काले तीन लाख रुपैयाँ रकम तिर्ने कबोलसहित सरकारी बलीको मार हान्ने हुनुभएको हो ।

भगवती कोत मन्दिर पुजा ब्यवस्थापन समितिले एक घण्टाको समयमा ६० हजार रुपैयाँ सरकारी रेटबाट सुरु गरिएको बढीबढाउमा प्रतिस्पर्धामा २ लाख ७१ बोल्नुभएका प्रेम भण्डारी लगायतलाई पछि पार्दै ३ लाख रुपैयाको अन्तिम बोलमा आर्यन खड्का निश्चित भएका हुन् । भगवती कोतमा दुर्गाभगवतीलाई बली चढाइने राँगो मार हान्न ठूलो हानथाप नै हुँदै आएको छ । यो क्षेत्रकै एतिहाँसिक कोट मन्दीर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ । मार हान्ने ब्यक्तिले चाहेको पुरा हुने भएपछि हरेक बर्ष बढीबढाउमा भाग लिनेहरु बढ्दै गएको पुजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले भन्नुभयो ।

यस अघि २०७६ सालको दशैँको नवमीमा भगवती कोतमा रामप्रसाद खत्रीले २ लाख ८८ हजार रुपैया तिरेर सरकारी मार हान्नुभएको थियो । गत बर्ष कोरोना महामारीको कारण भगवतीमा सरकारी मार स्थगीत गरिएको थियो । तत्कालिन बाइसे/चौबिसे राज्यकालदेखी यहाँको कोटमन्दीरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ ।