cheap nhl jerseys
लोपोन्मुख अवस्थामा रहेको लिङ्गे पिङमा बालबालिका रमाउदै « Koralapost
लोपोन्मुख अवस्थामा रहेको लिङ्गे पिङमा बालबालिका रमाउदै
Koralapost आश्विन २६, २०७८ मंगलबार



भगवती, २६ असोज । दशैँका आगमनको शुरुआतसँगै म्याग्दीको रघुगंगा गाउँपालिका -२ राखु भगतवी पखटोलमा लिङ्गे पिङ हालिएको छ । पखटोलका युवाहरु मिलेर तिन चार बर्षदेखि महान पर्व विजया दशमीको अवसरमा पिङ हाल्दै आएका छन् ।

सदरमुकाम र विदेशबाट गाउँ फर्किएका युवा तथा बालबालिकाहरु लिङ्गे पिङमा रमाउने गर्छन । दशैँको बेलामा प्रत्येक व्यक्तिले एक पटक जमीनबाट पाउ अर्थात् खुट्टा हटाउनै पर्ने मान्यताअनुसार पखटोलमा तीन चार बर्षदेखि युवाहरु मिलेर पिङ हाल्दै आएको स्थानीय युवा सागर खत्रीले बताए । विगतमा बाटोबाटोमा पिङ भेटिने भएपनि पछिल्लो समय कताकतै लिङ्गे पिङ देखिन्छ । धार्मिक महत्वसंग जोडिएको पिङलाई संरक्षणमा स्थानीय सरकारले ध्यान दिन आवश्यक देखिन्छ।