cheap nhl jerseys
प्रशासकीय अधिकृतमाथि दुव्र्यवहारमा संलग्नलाई कारबाहीको माग « Koralapost
प्रशासकीय अधिकृतमाथि दुव्र्यवहारमा संलग्नलाई कारबाहीको माग
Koralapost आश्विन २४, २०७८ आईतबार

म्याग्दी २४ असोज । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीमाथि दुब्र्यवहारमा संलग्नलाई कारबाहीको माग गरिएको छ। नगरप्रमुख हरिकुमार श्रेष्ठद्धारा विज्ञप्ती प्रकाशित गरि घटनामा संलग्नलाई कारबाहीको माग गरिएको हो ।

आइतबार दिउँसो करिब साढे १२ बजे कार्यकक्षमा प्रवेश गरेका चार जनाको समुहले प्रशासकीय अधिकृत सुवेदीलाई कालो झोलिलो पदार्थ प्रहार गरि दुव्र्यवहार गरेका हुन् । विज्ञप्तीम चन्दा आतंक र धरपकडले सुरक्षा चुनौती थपेको भन्दै फरार रहेका तीन जनालाई अबिलम्ब खोजी गरि आबश्यक अनुसंधान सहित कडा भन्दा कडा कारबाहीको माग गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सेवाग्राहीलाई सेवा प्रवाह गरिरहेको र केहि जनप्रतिनिधि समेत कार्यकक्षमै भएको समयमा उक्त समुहले सुवेदीमाथि दुव्र्यवहार गरेको जनाइएको छ । कार्यालयको सेवा प्रवाह गरिरहेकै समयमा आफुमाथि छापामार शैलिमा दुव्र्यवहार भएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।

झोलाबाट डब्बामा ल्याएको मोबिल जस्तो देखिने कालो झोलिलो पदार्थ सुवेदीलाई छ्यापेर भाग्दै गर्दा उक्त घटनामा संलग्न मुगुका १८ वर्षीय बिजय बिकलाई प्रत्यक्षदर्शी जनप्रतिनीधि र कर्मचारीहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । पक्राउ परेका विकको साथमा रहेको झोलामा नेत्रबिक्रम चन्द् नेतृत्वको (नेकपा) निकट राष्ट्रिय युवा संगठनको सहयोग रसिद र उनले लगाएको पाइन्टको खल्तीमा ढुंगा समेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बरामद भएको सामाग्री र पक्राउ परेका व्यक्तिबाट थप अनुसंधान प्रकृया अघि बढाईएको र घटनामा संलग्न अन्यको खोजीकार्य भैरहेको प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले बताए ।