cheap nhl jerseys
दशैका लागि मूल्य बढेर आए मुस्ताङका भेडाच्याङग्रा « Koralapost
दशैका लागि मूल्य बढेर आए मुस्ताङका भेडाच्याङग्रा
Koralapost आश्विन १९, २०७८ मंगलबार


म्याग्दी, १९ असोज । दसँै नजिकिएसंगै हिमाली जिल्ला मुस्ताङबाट विभिन्न जिल्लामा पुर्‍याउने भेडाच्याङग्रा म्याग्दी आईपुगेका छन् । उपल्लो मुस्ताङमा पालिएका भेडाच्याङग्राहरु विगतबर्षभन्दा यस बषर् १० हजार रुपैया माथि बढेर आएको ब्यापारी बताउछन् ।

कोभिड-१९ का कारण कोरला नाका ठप्प भएपछि मूल्य धेरै भएपछि दशैंमा थोरै मात्र भेडा‚ च्याङ्ग्रा ब्यापारीले बजारमा ल्याएका छन् । मुस्ताङबाट हिडाएर ल्याइएका भेडाच्याङग्राको लस्करले दसँै नजिकिएको संकेत गरेको छ । हिमालपारी जिल्ला मुस्ताङबाट आउने भेडाच्याङग्रा म्याग्दी हुदैँ कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङ्जा, राजधानी काठमाडौको बजारमा पुर्‍याउछन् । बाटो असहज भएको कारण मुस्ताङदेखि म्याग्दीसम्म हिडालेर ल्याउछन् र बेनीदेखि ट्रकम हालेर पोखरा लगायतको जिल्लामा ब्यापारीले पुर्‍याउने गर्छन ।

अहिल्य आएका भेडा ३० देखि ३५ हजार र च्याङ्ग्रालाई ३८ हजार देखि ४४ हजार रुपैया मुल्यमा विक्रि गर्नुपर्ने पोखरा पुर्‍याउन च्याङग्रा लिएर आएका सिन्धुपाल्चोकका ब्यापारी नकुल सुवेदीले बताए । उनले मुस्ताङमा रोजुवा च्याङग्रालाई ३२ देखि रोजुवालाई ३४ सम्म परेको छ । विच बाटोमा कर तथा खाना महंगीकारण प्रतिगोटा ४० हजार भन्दा माथि नबेचे ब्यापार घाटामा पुग्ने बताए । मुस्ताङमा पालिएका ती भेडा‚ च्याङ्ग्राको मूल्य मुस्ताङमा नै प्रतिगोटा ३५ देखि ३९ हजार रुपैयाँसम्म रहेको छ। कोराला नाका नखुल्दा तिब्बतका व्यापारीले सहजरुपमा च्याङ्ग्रा मुस्ताङ ल्याउन पाउँदैनन् । स्थानीय च्याङ्ग्रा मात्र बजारमा आउने गर्छ । मुस्ताङमा पालिने च्याङ्ग्राले मात्र बजार माग धान्दैन । च्याङ्ग्रै कम आएका कारण मूल्य बढेको व्यापारी बताउँछन् ।

मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङ लगायतका ठाउँका कृषकहरुले व्यवसायिक रुपमा भेडाच्याङग्रा पालन गर्छन् । हिमाली क्षेत्रको चिसो हावापानीमा हुर्किएका र जडिवुटीयुक्त चरन क्षेत्रको घाँस खाएका भेडाच्याङग्राको मासु स्वादिलो तथा तागतिलो मानिन्छ । मुल थलोमै महँगो भएपछि बजारमा च्याङ्ग्राको भाउ महंगिएपछि दसँै तिहारको समयमा भेडाच्याङग्राको ठाउँमा गाउँमै पालिएका खशी बोकाले बजार पाउने देखिन्छ ।