cheap nhl jerseys
नेपाली महिलाको धौलागिरी हिमालमा किर्तिमानी आरोहण « Koralapost
नेपाली महिलाको धौलागिरी हिमालमा किर्तिमानी आरोहण
Koralapost आश्विन १५, २०७८ शुक्रबार


बेनी, १५ असोज । म्याग्दीको धवलागिरि गाउँपालिका-४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालमा नेपाली महिलाहरुले किर्तिमानी आरोहण भएको छ ।
पत्रकार समेत रहेकी पूणर्िमा श्रेष्ठ र पासाङल्यामु शेर्पाले शुक्रवार विहान धौलागिरि हिमालको सफल आरोहण गरका हुन् ।

श्रेष्ठ र शेर्पाको धौलागिरि आरोहणले आरोहिहरुमा नयाँ सन्देश र नेपालका लागि किर्तिमान कायम भएको आरोहण व्यवस्थापक कम्पनी सेभेन समिट ट्रेक्सका प्रवन्धक थानेश्वर गुरागाईले जानकारी दिए । उनका अनुसार, दुई नेपाली महिलाको उक्त आरोही टोलीमा सहभागी ५ जना विदेशी महिलाहरुले समेत धौलागिरिको सफल आरोहण गरेका छन् ।

शुक्रवार विहान ५ बजे धौलागिरिको चुचुरोमा २१ जनाले पाईला राखेका छन् । जसमध्ये आरोही, पथपदर्शक र आरोहण दलका सदस्य समेत गरि १० जना नेपाली रहेका छन् । पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूणर्िमाको टोलीले यसअघि गएको वैशाख ३ गते म्याग्दीको अन्नपूणर् गाउँपालिका-४ नारच्याङमा रहेको आठ हजार ८१ मिटर अग्लो अन्नपूणर् प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए ।अन्नपूणर्मा समेत पहिलो नेपाली महिलाहरुको तर्फबाट श्रेष्ठ र शेर्पा सम्मीलित टोलीले सफल आरोहण गरेका थिए ।

धौलागिरिमा यस अघि नेपाली महिलाहरुले आरोहण गर्न सकेका थिएनन् । यसैबिच सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ शिखर आरोहण गरेर कीर्तिमान राख्ने अभियानमा रहेका स्पेनका ८२ वर्षीय पर्वतारोही कार्लोस सोरियाले भने यस पटक पनि आरोहण स्थगित गरेका छन् । धौलागिरिमा मौसम प्रतिकुलताको कारण कार्लोसले यस पटक समेत आरोहण स्थगीत गरि काठमाण्डौ फर्किएको सेभेन समिटले जनाएको छ ।