cheap nhl jerseys
स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व « Koralapost
स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व
Koralapost आश्विन ११, २०७८ सोमबार


म्याग्दी, ११ असोज । म्याग्दीको एक नगरपालिका पाचँ गाउँपालिकामा कांग्रेसले नयाँ नेतृत्व चयन गरेको छ। नेपाली काँग्रेस म्याग्दीको गाउँ/नगर अधिवेशनमा अन्तरगत ४ स्थानीय तहमा सर्वसम्मत र दुई स्थानीय तहमा निर्वाचनबाट नेतृत्व चयन भएको छ ।

बेनी नगर सभापति पदमा रविन्द्र कार्की (रवि) निर्वाचित भएका छन् । सभापतिका उम्मेदवार विक्रम बोगटीलाई ८ मतले पराजित गर्दै कार्की भएका हुन् । कुल १७० जना मतदाता रहेकोमा १ सय ६७ जनाले मतदान गरेका थिए । कार्कीले ७६ मत ल्याउनु भएको थियो भने बोगटिले ६८ मत ल्याउनु भएको छ ।

काँग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा युवा नेता प्रेमप्रसाद पुन सर्वसम्मत निर्वाचित भएका छन् । रघुगंगा गाउँपालिका-६ पाखापानीका वडा अध्यक्ष समेत रहेका मनकुमार शेरपुञ्जा कांग्रेस रघुगंगा गाउँपालिकाको सभापतिमा सर्वसम्मत भएका छन् । कांग्रेस मालिका गाउँपालिकाको सभापतिमा खिम पुन निर्बाचित भएका छन । पुनको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो ।

नेपाली कांग्रेस मंगला गाउँपालिकाको सभापतिमा नरसिंह खत्रीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति चयन भएका छ । एक मतको अन्तरले नेपाली कांग्रेस अन्नपुणर् गाउँपालिकाको सभापतिमा क्याप्टेन बलबहादुर तिलिजा विजयी भएका छन् । वडानम्वर ५ शिखका निवासी तिलिजाले ५८ मत लिएर सभापतिमा विजयी भएका हुन् । सभापति विजयी तिलिजाले प्रतिस्पर्धी कृष्ण बरुवाल एक मतले पराजित भएका हुन्। मतदान अधिकृत केदार कार्कीले क्याप्टेन तिलिजाले ५८ मत प्राप्त गरेका थिए भने सभापतिका प्रतिस्पर्धी वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले ५७ मत प्राप्त गरेका थिए ।