cheap nhl jerseys
कांग्रेस बेनी नगरपालिका सभापतिमा रविन्द्र कार्की (रवि ) विजयी « Koralapost
कांग्रेस बेनी नगरपालिका सभापतिमा रविन्द्र कार्की (रवि ) विजयी
Koralapost आश्विन १०, २०७८ आईतबार

म्याग्दी १० असोज । नेपाली कांग्रेस बेनी नगरपालिकाको सभापतिमा रविन्द्र कार्की (रवी) विजयी भएका छन् । कांग्रेस बेनी नगर कार्यसमितिको दोस्रो अधिवेशनबाट ७६ मत लिएर कार्की सभापतिमा विजयी भएका हुन् ।

जिल्ला समन्वय समितिको सभाहलमा आईतबार भएको निर्वाचनबाट सभापतिका प्रतिस्पर्धी उम्मेद्वार विक्रम बोगटीलाई आठ मतको अन्तरले पछि पार्दै कार्की विजयी भएका हुन्। प्रतिस्पर्धी विक्रम बोकटीले ६८ मत लिएका थिए ।

उपसभापतिमा हरिप्रसाद पौडेलले ७३ र गंगाबहादुर खत्री ७२, सचिवमा ज्ञानेन्द्रकुमार श्रेष्ठ ८१ मत र झलक जिसीले ६७ मत, सहसचिवमा स्यानीमाया कार्कीले ८१ र शान्ति शर्मा ७५ मत प्राप्त गरेर विजयी भएको निर्वाचन अधिकृत निरञ्जनराज भण्डारीले जानकारी दिए । विजयी पदाधिकारीलाई निर्वाचन अधिकृतले प्रमाणपत्र दिएका थिए ।