cheap nhl jerseys
बेनी अस्पतालकोे प्रगतिबारे समिक्षा « Koralapost
बेनी अस्पतालकोे प्रगतिबारे समिक्षा
Koralapost आश्विन ९, २०७८ शनिबार


बेनी, ९ असोज । २०३६ सालमा स्थापना भएको बेनी अस्पतालले २०७७/०७८ मा भएका विभिन्न कार्यक्रम र अस्पतालका सेवाहरुमा गरिएको प्रगतिबारे समिक्षा भएको छ । अस्पतालले जनप्रतिनिधि, सरोकारवाला र पत्रकारहरूको उपस्थितिमा गत आर्थिकमा भएका गतिविधि, सेवासुविधा र प्रगतिबारे प्रस्तुत गरेका हुन् ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट जितेन्द्र कंडेलले २०३६ सालमा १५ शैयामा स्थापना भएको अस्पताले २०७८ सालमा ६४ शैयामा विकास गरी सेवा दिदै आएको बताए । २०७३ सालमा सुरु भएको ५० शैयाको भवन निर्माण ब्यवसायीको लापरबाहीले अलपत्र बनेपनि भएको पुर्वाधारलाई प्रयोग गरेर सेवाहरु थप गर्दै विरामीहरुलाई सेवा दिएको जानकारी दिए ।
सरकारी दरबन्दी अनुसार मेडिकल अधिकृत लगायतका जनशक्तिहरु पूणर् नभएपनि डायलसिस, अक्सिजन प्लान्ट, आँखा उपचार शाखा, औषधी विक्रि कक्ष छुट्टाछुट्टै सुविधाहरु थप गरि विरामीहरुलाई सेवाहरु दिएको जानकारी गराए । त्यस्तै स्वास्थ्य विमाबाट १३ हजार ९३२ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।

कोरोना भाईरसको महामारी विच पनि अस्पतालले २५ वेडको उपचार कक्ष निर्माण गरी कोरोना संक्रमित २०३ जना विरामीहरुको सफल उपचार गरी डिस्चार्ज गरिएको बताए । उपचार गर्दागर्दै पनि १६ जना कोरोना संक्रमितको निधन भएका थियो ।

सरकारी दरबन्दी अनुसार डाक्टर, नर्सहरु प्राप्त उपलब्ध नभएपनि अस्पतातमा रहेका स्रोतसाधन र जनशक्ति प्रयोग गरेर विरामीहरुको उपचारका गरिरहेको डाक्टर कंडेलले बताए । विद्युत आउने जाने समस्याले एक्सरेको सेवाहरु प्रभावित भईरहेको बताउदै जिल्लाका सरोकारवाहरु मिलेर विद्युत सट हुने समस्यालाई समाधानका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

समिक्षा गोष्ठीमा अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले अस्पतालका सेवाहरु थप गर्न सहयोग गर्ने संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधितहलाई धन्यवाद दिएका थिए । कोरोना भाईरसको महामारीको विच पनि स्थानीय तहका जनप्रतिनिधि, बेनी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरी, रेडक्रम लगायतका विभिन्न संघसंस्थाहरुको सहयोगले कोरोना संक्रमित विरामीलाई उपचार गर्न सफल भएको बताए ।

समयमै भवन र क्षमता अनुसारको जनशक्ति सरकारले उपलब्ध गराउन नसक्दा सोचेजस्तो सेवा जनताले नपाइको गुनासोप्रति बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले जिल्लाका जनप्रतिनिधि र सरोकारवालाहरु जिम्मेवार बनेर समस्या समाधानतर्फ सहकार्य गर्नुपर्ने बताए । प्रजिअ गणेशबहादुर अधिकारीले ५० शैयाको अस्पताल निर्माणमा भएको ढिलासुस्ती र समस्या हटाउन सहकार्य गरिरहेको जानकारी दिए । अस्पतालका अध्यक्ष कटुवालको अध्यक्षता कर्मचारी प्रकाश सुवेदीको संचालन र ब्यवस्थापक पुजा बानियाँको स्वागत मन्तव्य रहेको कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्साल र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम बारे अन्तरक्रिया कार्यक्रम गरेको हो । मंगलबार आयोजना गरिएको कार्यक्रममा केन्द्रका प्रमुख बरिष्ठ पशु विकास अधिकृत सुशील केसि र पशु विकास अधिकृत डाक्टर ध्रुव डीसीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले केन्द्रबाट प्रवाह गर्दै आएको अनुदानमा आधारित कार्यक्रमहरु स्थानीय तहबाट प्रवाह हुनुपर्ने र केन्द्रबाट पशुस्वास्थ्य सेवाको कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताएका थिए । स्थानीय तहका पदाधिकारी र कर्मचारी प्रशासन बिच समन्वय नभएको कारण लक्षित प्रगति हासिल गर्न नसकिएको अन्तरक्रियामा बताइएको थियो ।गाईभैसी, बाख्रा, बंगुर, मस्त्य पालनको लागि स्थलगत तालिम, घाँसको लागि अनुदान प्रदान गर्दै आएको सेवा केन्द्रले संस्थागत संरचना अनुसारको कार्यक्षत्रलाई प्राथमिकता नदिएको थाहा नगरपालिकाका प्रमुख लबशेर विष्टले बताए । “व्यवसायिक कृषकहरुको लागि विभिन्न तालिमहरु स्थानीय तहहरुले गर्ने हो, भेटेरेनरी अस्पतालले आफ्नो प्रकारको सेवामा ध्यान दिनुपर्छ” प्रमुख विष्टले भने ।