बेनी-जोमसोम सडक खुल्यो
Koralapost श्रावण ५, २०७८ मंगलबार


म्याग्दी ५ साउन । बेनी-जोमसोम सडकमा दुई सातापछि सिधा सवारी सूचारु भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका -३ राहुघाट गलेश्वर र अन्नपूणर् गाउँपालिका- ३ रुप्से छहरा, काभ्रेभीर लगायतका स्थानमा पहिरोले अबरुद्ध बनेको सडकलाई निर्माण कम्पनीहरु परिचालन गरि पहिरो पन्छाएर सूचारु गराईको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राहुघाटमा गत असार २४ गतेदेखि सडकमाथिबाट खसेको पहिरोले सडक अबरुद्ध बनाएपछि सिधा सवारी हुन सकिरहेको थिएन् । रुप्से र काभ्रेभिरमा भने शनिवारदेखि सडक अबरुद्ध बनेको थियो । यहाँ पटक पटक पहिरो पन्छाएर सवारी सूचारु गराउने गरिएको भएपनि बर्षा हुँदासाथ पहिरो खस्ने समस्याले सवारी प्रभावित हुँदै आएको प्रहरीले जनाएको छ ।

बेनी-जोमसोम सडकखण्डको स्तरोन्नतीमा परिचालन भएका निर्माण कम्पनीलाई परिचालन गरि अबरुद्ध बनेको सडक सूचारु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक विरेन्द्रराज गुरुङले जानकारी दिए ।

सडकमा सिधा सवारी नहुँदा म्याग्दीको रघुगंगा र अन्नपूणर् गाउँपालिकाका स्थानीयबासी संगै मुस्ताङबासीले ठाउँ ठाउँमा सवारी साधन परिवर्तन गरि आवत जावत गर्न बाध्य भएका थिए । गलेश्वरमा पहिरोलाइ पन्छाउन निर्माण कम्पनीले बेवास्ता गरेपछि प्रहरीले सडक निर्माण आयोजनाका प्रतिनिधिलाई नियन्त्रणमा समेत लिएको थियो । फाइल तस्विर ।