विश्वभर लोकप्रियता कमाएको ‘थाली नाच’
Koralapost जेष्ठ २८, २०७८ शुक्रबार

म्याग्दी, २८ जेठ । विश्वभर प्रख्यात थाली नाचको उद्गम थलो रघुगंगा गाउँपालिका- ७ चिमखोला विविध कलासस्कृतिले भरिएको गाउँ हो । एक गाउँ अनेक कलासस्कृतिले उद्गम थलो चिमखोला सास्कृतिक विविद्यताले चिनीएको छ ।

चिमखोलामा थालीनाचसंगै जुरेचल्ला, शर्माजाले, कलश जुधाउने, टोपा नाच, भूमे खुशी बनाउन कालोमोसो लगाउने मौलिक सस्कृतिले चिनिएको छ । पात्लेखर्कका ७२ बर्षिय नर्गेद्र पुनले भूमे पुजाको अवसरमा सोरठी नृत्य शर्मा जाले, जुरे चल्ला, थाली नाच, कलस जुधाउने लगायतका सस्कृति प्रस्तुत गर्दै सस्कृतिलाई संरक्षण गाउँले गर्दै आएको बताए ।

थाली नाच चिमखोलाको मौलीक पहिचान भएको छ, अग्रज लोक कलाकार थापाले भनिन् । लोकप्रिय बनिरहेको थाली नाचको उद्गम थलो म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोला हो । वि.स. २००८ सालमा चिमखोलामा जन्मिएकी हिरामायाँ पुन श्रीस थाली नाचको सिर्जना गरेकी हुन् ।

“यो देशको सबै कला संस्कृती सपारौ
यो हाम्रो थाली नाचलाई ओझेलमा नपारौ ”

म्याग्देली कलाकार लाली बुढाथोकी र मिना गर्बुजाको स्वर रहेको दिलकुमारी राम्जालीको “खुसी लाग्छ नेपाली हुनुमा” भन्ने एल्बमको सालैजो भाकाको यो गितमा जस्तै म्याग्दीको मौलीक थाली नाचले लोकप्रियता कमाउदै गएको छ । रघुगंगा गाउँपालिका ७ चिमखोलाबाट चार दशक अघि सुरु भएको थाली नृत्यप्रती आकर्षण बढ्दै गएको छ । गितको लय र शब्दसंगै हातमा थाल राखेर गरिने थाली नृत्य नेपालमा मात्र सिमित नभई सात समुन्द्रिपारी प्रवाससम्म पुगेको छ ।

हातमा थाल राखेर हत्केलाले घुमाई-घुमाई नचाएको र नाचेको दृष्य निकै रोचक हुन्छ । सावधानीपुर्वक गरिने थानीनृत्य मौलीक, आकर्षक र संयमित भएकाले लोकप्रिय बनेको हो । पछिल्लो समय थाली नृत्य सम्बन्धि गित पनि रेकर्ड भएकाले यसको लोकप्रियता अझै बढेको छ । देशका बिभिन्न ठाउँमा हुने मेला महोत्सव, सम्मेलनमा मात्र नभएर बिदेशमा समेत थाली नाच देखाउने गरिएको कलाकार कलाकार धनबकुमारी थापाले बताएईन ।

वि.स २०२८ सालमा चिमखोलाकी हिरामाया पुनले पहिलो पटक पञ्चेबाजाको तालमा थाली नृत्य प्रस्तुत गरेकी थिईन । वि.स २०४४ सालमा काठमाडौमा भएको सार्क सम्मेलनमा प्रस्तुत भएपछि थालीनाच राष्ट्रिय र अन्तराष्ट्रियकरण भएको हो । हातमा थाल राखेर नचाउने भएकाले यस नृत्यलाई थाली नामाकरण गरिएको हो ।

पुन र धनकुमारी थापा सहितको ४ जनाको टोलीले वि.स २०४२ मा बिरगञ्जमा भएको तेस्रो राष्ट्रिय लोक नृत्य प्रतियोगितामा सामुहिक थाली नृत्य प्रस्तुत गरेर प्रथम स्थान हाँसील गरेका थिए । २०३५ सालमा शान्ति पुन र थापाले थाली नाच सम्बन्धि गित रेकर्ड गराउनु भएको थियो । उक्त गितको वि.स २०७३ मा म्युजीक भिडीया छायांकन गरिएको छ । घुचुप्प घरहरु रहेको चिमखोला सास्कृतिक गाउँको रुपमा चिनिन्छ ।