पर्यटन, जलविद्युत र पशुपालनबाट आत्मनिर्भर बन्दै अन्नपूर्ण गाउँपालिका
Koralapost जेष्ठ २६, २०७८ बुधबार

म्याग्दी, २६ जेठ । विश्व प्रसिद्ध अन्नपूणर् पदमार्गले समेटीएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका पर्यटन र जलविद्यूतको हबको रुपमा विकसित भईरहेको छ । कालिगण्डकी संगै अन्य सहायक खेलाहरु रहेको यो गाउँपालिका जलविद्यूतमा फड्को पार्दै गएको छ ।

म्याग्दी जिल्लामै पर्यटनको केन्द्रमा परिचित यसै गाउँपालिकाको घोरेपानी, पुनहिल, मोहरेडाँडा, नागी, करबाकेली थान, खयरभारनी, खोप्रा लेक, तातोपानी कुण्ड, रुप्से झरना, अन्धगल्छी, अन्नपूणर् प्रथम आधार शिविर लगायतका महत्वपूणर् पर्यटकीय गन्तव्यहरु यस गाउँपालिका भित्रै रहेका छन् ।

जल, जमिन, जडिबुटी र प्राकृतिक सम्पदाले निकै धनि मानिने यस गाउँपालिकाले विकास र समृद्धिको आधार पर्यटन र जलविद्यूत रहेको गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुन बताउँछन् । अन्नपूर्ण पदमार्ग अन्र्तगत पर्ने नागी, राम्चे, मोहरेडाँडा, टिकोट, खिवाङ, शिख, खोप्रालेक नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भईरहेको छ । अन्नपूणर् पदमार्गले समेटीएको घोरेपानी, पुनहिल क्षेत्र प्रदेश नम्बर ४ कै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा चिनिन थालेको छ । यस क्षेत्रमा बर्षेनी करिब ३० हजारको हाराहारीमा बाह्य पर्यटक र हजारौँको संख्यामा आन्तरिक पर्यटक भम्रणमा पुग्ने गरेका छन् । भने अहिल्य कोरोनाका कारण रोकिएको छ ।

जनजाती समुदायको बाहुल्यता रहेको यस गाउँपालिका भित्र पुन मगर समुदायको पुख्यौली कला संस्कृति एवम् विभिन्न जातजातीको मौलिक कला संस्कृतिले समेत पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउँदै आएको छ । भुरुङतातोपानीमा रहेको प्राकृतिक तातोपानी कुण्ड अन्नपूर्ण पदमार्गको भम्रणमा आउने र बेनी-जोमसोम सडक हुँदै आउने पर्यटकहरुको थकान मेटाउने उपयुक्त थलो बनेको छ । गाउँपालिकाको वडा नम्बर ३ दाना आकर्षक रुप्से झरना र संसारकै गहिरो अन्ध गल्छीले विश्वभर चिनिएको छ । ‘‘ यहाँका प्राकृतिक सौन्दयर्ता नै पर्यटन विकासको दिगो स्रोत हुन, पर्यटकीय गन्तव्यहरुको थप प्रचार प्रसार र प्रर्यटन पूर्वाधारतर्फ गाउँपालिकाको ध्यान केन्द्रित गछौँ,’’- गाउँपालिका अध्यक्ष पुनले भने । पर्यटन क्षेत्रले स्थानीयलाई रोजगारी, लगानी र आत्मनिर्भरको बाटोतर्फ लैजान थालेको छ ।

पर्यटक आगमनसंगै प्रसिद्ध पर्यटकीय क्षेत्रको रुपमा विकसीत भईरहेको घोरेपानी एउटा ज्वलन्त उदाहरण हो । यहाँ करोडौँ लगानीमा स्थानीयले होटल व्यवसाय सञ्चालन गरेका छन भने स्थानीयबासीको लागि पर्यटन व्यवसाय रोजीरोटीको माध्ययम बनेको छ । पर्यटन प्रवद्र्धनको लागि गाउँपालिकाले प्रचार प्रसार, पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमहरुलाई समावेश गरेको अध्यक्ष पुनले बताए । अहिल्य कोरोनाले ४ करोड जति आम्दानी गाउँपालिकाको गुमेको अध्यक्ष पुनको दाबि छ ।
जलविद्यूत आयोजनाहरु भित्रिएसंगै रोजगारि, लगानीको अवसरसंगै सडक, मोटरेवल पुल लगायतका विकास निर्माणमा सहयोग पुगेको छ । भित्रिएका जलविद्यूत आयोजनाहरुलाई निर्धारित समयमै सम्पन्न गराउनका लागि र लगानी तथा रोजगारिको सृजना गर्न सम्बन्धित आयोजनाहरुसंग पहल गरिरहेको अध्यक्ष पुन बताउँछन् ।

पर्यटन र जलविद्यूत संगै पशुपालन र कृषि क्षेत्रमा समेत यो गाउँपालिका अग्र स्थानमा छ । खोप्रा र बयलीमा रहेको चौरीपालन, खयरलेकको भेडापालन, दाना, भुरुङ, नारच्याङ, हिस्तान, दोबा लगायतको क्षेत्रमा बाख्रा पालन हुँदै आएको छ । म्याग्दी र मुस्ताङको सिमानामा रहेको यस गाउँपालिकामा पर्यटन, जलविद्युतसंगै कृषि, पशुपालन लगायतको सम्भावनालाई उजागर गर्न गाउँपालिकाले आगामी आर्थिक बर्षको बजेटमा प्राथमिकता दिने योजना छ ।