उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण सरकारले बनाउनुपर्छ: युवा ब्यवसायी कार्की
Koralapost जेष्ठ २१, २०७८ शुक्रबार


म्याग्दी, २१ जेठ । दुई दशक अघि रोजगारि, व्यवसाय लगायतको शिलसिलामा युएईमा पुगेका रघुगंगा गाउँपालिका– २ राखु भगवतीका प्रकाश कार्कीले विदेशको आम्दानीलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण सरकारले बनाउन आग्रह गरेका छन् ।

युएईमा विगत १५ बर्षको कस्मेटिक कम्पनीमा म्यानेजर पदमा काम गरेर लिएको अनुभवलाई आफ्नो ब्यवसायमा परिणत गरेका छु– कार्कीले भने । “विगतमा लिएको सिपलाइ आफ्नै लगानीको माध्यमबाट विगत ४ बर्षदेखि कस्मेटिक कम्पनी संचालन गरेको छु, कम्पनीमा करिव एक सय जनालाई रोजगारी दिएको छु ।” उक्त कम्पनीमा स्यानीटाईजर लगायत चारसय किसिमका कस्मेटिकसामानहरु उत्पादन गरी युएई, गल्फका देशहरु, अफ्रिकालगायत एशियाका देशमासामाग्रीहरु कम्पनीले विक्रि गर्दै आएको बताए ।

भविष्यमा सोही कस्मेटिको सामाग्री नेपालमा उत्पादन गर्ने वातावरण सरकारले बनाउन सकेमा लगानी गर्न तयार रहेको कार्की बताउछन् । अन्य क्षेत्रमा पनि कार्की लगानी इच्छुक भएको भएपनि नेपाल त्यो किसिमको वातावरण निर्माण गर्ने योजना बनाएर बजेटमा समावेश सरकारले गर्न सकेको छैन्उनले भने – “कम्पनीबाट आम्दानी भएको नाफालाई स्वदेशमा लगानी गर्ने चाहना छ, तर कुन क्षेत्रमा लगानी गर्दा लगानी सुनिश्चित हुने अन्योल छ।”

समग्रमा सरकारले बजेट राम्रो भएपनि लगानी गर्ने किसिमको नीति नियम बनाउन सरकार चुकेको छ, उनले भने । नेपालमा कृषि, पुशपालन बाहेक नेपालको गाउँगाउँमा कस्मेटिक सामाग्री लगायतका सामानहरु उत्पादन गर्ने कच्चा पदार्थ प्रशस्तै रहेको हुदाँ यसको सदुपयोग गर्ने वातावरण तथा नीति नियम बनाउन र लगानी गरेर उद्योग तथा कलकारखाना खोल्ने वातावरण सरकारले निर्माण गर्न नसकेको बताउछन् ।

मोना युएईको पुर्व अध्यक्ष एवम् हाल सल्लाकार रहेका कार्कीले कोभिडको समयमा यहाँ रहेका नेपालीहरुलाई निशुल्क स्यानीटाईजर उपलब्ध गराएको बताए । म्याग्दी जिल्लाको सामाजिक क्षेत्रमा सहयोग र आर्थिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्य पनि मोना संस्थाले राखेको छ । हामी प्रवासमा रहेकाहरु सधै विदेशमा बसेर पुग्दैन् । जसरी पनि स्वदेश फर्कछौ । हामीले बिदेशमा विताएको उर्जाशिल समयमा आर्जन गरेको स्रोतलाई देशमा सम्भावनायुक्त क्षेत्रमा लगानीको रुपमा भित्र्याउने वातावरण तीन तहको सरकार मिलेर बनाउनुपर्छ– उनले भने ।

सरकारले गुरुयोजनासहित लगानी गर्ने वातावरण बनाउन सकेको खण्डमा विदेशमा पसिना बगाएको आम्दानीलाई स्वदेशको उत्पादनशिल क्षेत्रमा लगानी गर्न धेरै बैदेशिक रोजगारीमा आएका नेपाली तयार रहेको कार्कीले बताए ।

सर्वप्रथम परिस्थिती र बाध्यताले विदेशमा आउने नेपालीलाई उनले सक्षम हुन आग्रह गरेका छन् । कोरोना भाईरसले थलिएको नेपालको अर्थतन्त्रले पछिल्लो समय दुवै आउने संख्या बढी रहेको छ । सक्षम नभई रोजगारका लागि आएका धेरै नेपालीले तलव थोरै लिएर धेरै समय काम गर्न बाध्य भएका छन् ।