बसन्त बोगटी गुठी जग्गाले सरकारी सुविधा लिन बञ्चित
Koralapost जेष्ठ २०, २०७८ बिहीबार

म्याग्दी, २० जेठ । रघुगंगा गाउँपालिका– ३ पिप्ले अम्राईमा भएको जग्गा बसन्त बोगटी गुठीमा परिणतले स्थानीय ४० घरपरिवार सरकारी सेवासुविधा लिनबाट बञ्चित भएका छन् । सरकारलाई तिरो तिरेरपनि लाटुउपाध्याय सन्ततीलाई भोग चलन गरिरहेको जग्गा बसन्त बोगटी जग्गामा कायम हुदाँ ब्यवसाय तथा सेवासुविधा लिनबाट बञ्चित भएका हुन् ।

लाटुपाध्याय सन्तती समाज अम्राई राखु पिप्लेले बसन्त बोकटी गुठी जग्गाको समस्या समाधान गरिदिन माग गर्दै स्थानीय बासीले स्थानीय, प्रदेश र संघ सरकारका जनप्रतिनिधिलाई दवाव सिर्जना गरेपनि समाधान हुन नसकेको बसन्तीबोगटी गुठी जग्गाबाट पीडित स्थानीयाबासी गणेश रिजालले बताए । जग्गामा खेतीपाती गरिरहेपनि सडकले छोएको जग्गा ब्यापार ब्यवसायका लागि बैंकबाट धितो राखे ऋण लिनबाट बञ्चित भएको गुनासो सुनाए ।

ईतिसम्वत १८६६ साल आश्वित २ गते श्री गिरिराज चक्र चुडामणि, श्री मन्महाराजा धिराजश्री महाराजा गिर्वाण जुद्ध विक्रम शाह सम्सेरले ३०३ रोपनी जग्गालाई बसन्ती बोगटी जग्गामा कायम गरेका थिए । सो जग्गामा लाटुपाध्याय सन्ततीले बगैचा बनाई सुन्तला, कटहर, बिबिरा, केरा लगायतका फलफूल लगाई जोगी सन्यासी र बैरागीलाई दिनु भन्दै उपाध्याय सन्तती समाजालाई हस्तान्तरण हुन् । यो दुईसय बर्ष पुरानो बसन्त गुठीको नाममा ३०३ रोपनी जग्गा रहेको छ ।

लाटुउपाध्यय सन्तती समाजका ४० घरपरिवारको पुर्खाको नाममा जग्गा भएपनि हाम्रो नाममा जग्गा नहुदाँ दासीन युगमा दिन विताउन बाध्य रहेको स्थानीयबासी गणेश सुवेदीले बताए । विभिन्न समयमा राजनीतिक दल, उपाध्याय दाजुभाई र बेनी नगरपालिका १ रत्नेचौरका बोगटी दाजुभाईको उपस्थितमा भएको निर्णय कार्यान्वय गर्न ढिलाई भएको हुदाँ यो समस्या नियमबद्ध रुपमा समाधान गर्न सरकारले साचो देखाएको छैन् ।

बसन्त बोगटी गुठी जग्गा प्रयोग गरेबापत रघुगंगा हाईड्रो पावरले दिएको ७५ लाख मुआब्जा समेत बोगटी दाजुभाईले लगेर अक्षकोष राखेको भन्दै यसलाई पनि निष्पक्षता गरिदिन आग्रह गरेका छन् । बसन्त गुठी जग्गाको समस्या समाधान गर्न तीन तहको सरकारलाई दिएको दवाब र जानकारीमा जनप्रतिनिधिको बेवास्ता स्थानीय आक्रोसीत भएका छन् ।

त्यस्तै जिल्ला समन्वय समिति देवेन्द्रबहादुर कटुवालले राखु पिप्ले, राखु भगवती र दोवा गुठी जग्गाको समस्या समाधान गर्नका लागि पञ्चायतकाल देखि पहल सुरु भएपनि समाधान गर्न नसकेर यथावत रहदै आएको बताए । त्यस्तै रघृुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिकाको २ र ३ वडामा भएको मुक्तिनाथ गुठी र बसन्त बोकटी गुठी जग्गाको समस्या समाधान गर्न केन्द्रमा डेलिकेसन गरेपनि कानुनी रुपमा भुमीनीति परिर्वतन नहुदाँ यथावत रहेको बताए ।