खेतबारीमा ‘घुम्ती गोठ’
Koralapost जेष्ठ १७, २०७८ सोमबार


म्याग्दीको धवलागिरी गाउँपालिका – २ लुलाङस्थित बारीमा राखिएको घुम्ती गोठ । गाउँका किसानहरुले घुम्ती गोठ मार्फत खेतबारीमा अस्थाई टहरामा गाईभैसी राखेर कृषि खेतीका लागि मोल बनाउने गर्छन । परम्परागत घुम्ती गोठमार्फत खेतीपाती टाढा भएको जग्गामा जग्गा मलिलो बनाउन गाईभैसी पालन गर्छन ।

पछिल्लो समय भेडागोठ आयस्रोतको माध्यम बनेको छ भने गाईभैसी पालनलाई ब्यवसायीक रुपमा आयस्रोतको माध्यम कृषकले बनाउन सकेका छैन्न । धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मराङ, मल्कवाङका किसानले घुम्ती गोठमार्फत गाईभैँसी र भेडाबाख्राको पालन र्गछन् ।

बैदेशिक रोजागारीले बाँझो जमिन बढ्दै र पशुपालनतर्फ आकर्षण घट्दै गएको छ ।