cheap nhl jerseys
विकास बजेट कार्यान्वयन न्यून « Koralapost
विकास बजेट कार्यान्वयन न्यून
Koralapost चैत्र १५, २०७७ आईतबार

म्याग्दी, १५ चैत । म्याग्दीमा विकास बजेट कार्यान्वयनमा ढिलासुस्ती देखिएको छ। चालू आर्थिक वर्ष २०७७र७८ को दोस्रो चौमासिकसम्मको अवधिमा विकास तर्फ रहेको संघको १२ र प्रदेशको २० प्रतिश पुजीगत बजेट खर्च भएको देखिन्छ ।

कोष नियन्त्रक कार्यालयका अनुसार दौस्रो चौमासिक सम्म संघको पुजीगततर्फ ७१ करोड ३१ लाख ९१ हजार ४६६ रुपैया बजेट मध्ये ८ करोड ७९ लाख ८९ हजार ७० रुपैया खर्च भएको छ भने प्रदेशतर्फ विकासमा रहेको पुजीगतर्फ ७४ करोड ९० लाख ७३ हजार मध्ये निकासा १५ करोड ५५ लाख ९९ हजार ३१४ रुपैया बजेट खर्च भएको कोष नियन्त्रण कार्यालयले जनाएको छ ।

विकासतर्फ बजेट सम्झौता लगायतको काम समयमा नुहनु, असोज कात्तिकमा बोलपत्र सूचना जारी गर्नु, चाडपर्व लगायत कोभिडको कारण पहिलो चौमासिकमा पुँजीगत बजेट खर्च नभएको कोष नियन्त्रक युक्तप्रसाद शर्माले बताए । कार्यालयका इन्जिनियरले इष्टिमेट निकाल्ने, निर्माण व्यवसायी र उपभोक्ता समितिले दोस्रो चौमासिकमा सम्झौता गरेर काम सुरु हुदाँ भुक्तानीका चरणमा योजनाहरु रहेकोले बजेट निकाश कम भएको कार्यालयले जानकारी दिएको छ। आर्थिक वर्ष सकिन चार महिना बाँकी रहदा पचहत्तर प्रतिशत बजेट खर्च हुन बाँकी छ । विकास योजनाहरु सम्झौता अनुसार बजेट निकाशा धेरै तेस्रो चौमासिकको चैत र बैशाखमा हुने स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतले बताउछन् ।

म्याग्दीका १ नगरपालिका र ५ गाउँपालिकामा तर्फ १ अर्व ७९ र करोड ५७ लाख ८३ हजार ३७० रुपैया बजेट मध्ये निकासा १ अर्ब २५ लाख १६ हजार ६३१ रुपैया भएकोछ । दोस्रो चौमासिकसम्म स्थानीय तहको बजेट ५५ प्रतिशत बजेट निकास भएको देखिन्छ । जिल्लामा निर्वाचित तीन तहका जनप्रतिनिधिहरुले टुक्रे योजनामा धेरै बनाएर बजेट विनियोजन गर्दा कार्यान्वयनमा जनशक्तिको अभावले बजेट न्युन खर्च हुन आएको देखिन्छ ।

राजनीतिक रुपमा कार्यकर्ता संरक्षण, चुनावमा बोलेको बाचा पुरा गर्ने र नेतानै निर्माण ब्यवसायी हुदाँ विकासको स्वरुप बजेट अनुसार हुन सकेको छैन । दिगो र गुणस्तर योजना भन्दा टुक्रे योजनामा बढी केन्द्रित हुदाँ दोस्रो चौमासिकसम्म संघ र प्रदेश स्थानीय तहको बजेट कार्यान्वयनको भार तेस्रो चौमासिकमा पुगेको सरोकारवालाहरु बताउछन् । आर्थिक बर्ष २०७७/०७८ मा बेनी नगरपालिकामा ४ सय ५० भन्दा बढी योजना रहेको छ । टुक्रे योजनामा बजेट विनियोजन गर्दा कार्यान्वयनमा जनशक्तिको अभाव र गुणस्तर र दिगो काम नहुने समस्या बढेको प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले बताए ।आर्थिक वर्षको मसान्तमा हतारमा बजेट सक्ने उद्देश्यले मात्र गरिने खर्चले बेतिथि र भ्रष्ट्राचार बढाएको छ ।