cheap nhl jerseys
बेनीमा प्रथम लोक साँस्कृतिक उत्सव- २०७८ हुने « Koralapost
बेनीमा प्रथम लोक साँस्कृतिक उत्सव- २०७८ हुने
Koralapost चैत्र ६, २०७७ शुक्रबार


म्याग्दी ६ चैत । नयाँ बर्षको अवसरमा सदरमुकाम बेनीमा प्रथम लोक साँस्कृतिक उत्सव आयोजना गरिएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले कलाकार कल्याणकारी कोष स्थापान गर्ने उद्देश्यले बैशाख १ देखि ३ गते सम्म उत्सवको आयोजना गरेको हो ।

‘‘हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण,स्रष्टाको सम्मान,नवप्रतिभाको प्रोत्साहन’’ भन्ने मुल नाराका साथ नयाँ बर्षको अवसरमा जिल्लाभित्र लुकेका नयाँ प्रतिभाहरुको पहिचान गर्ने उद्देश्यले उत्सवको आयोजना गरिएको प्रतिष्ठानका जिल्ला अध्यक्ष एवम् कार्यक्रमका मुल संयोजक देवेन्द्रबहादुर घिमिरेले बताए ।

बैशाख १ देखि ३ गते सम्म बेनीको खुल्ला मञ्चमा उत्सवमा पालिका स्तरीय लोकदोरी गीत प्रतियोगिता र खुल्ला एकल लोकनृत्य प्रतियोगिता राखिएको प्रतिष्ठान गण्डकी प्रदेश कमिटिका संगठन विभाग सदस्य अमित विश्वकर्माले जानकारी दिए । पालिका स्तरीय लोकदोहोरी प्रतियोगितामा प्रथम,द्धितिय र तितृय हुनेलाई क्रमशः ५० हजार,३० हजार र २० हजार नगद पुरस्कार रहेको छ। त्यस्तै उत्कृष्ट गायक र गायिकालाई समेत ३/३ हजार पुरस्कारको व्यवस्था गरिएको छ । यसैगरी खुल्ला एकल लोकदोहोरी प्रतियोगितामा प्रथम, द्धितिय र तितृय हुनेलाई क्रमशः १० हजार,७ हजार र ४ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

उत्सवका अवसरमा प्रतिष्ठानका पूर्व अध्यक्षहरु सहित लोकदोहोरी क्षेत्रमा योगदान पुर्‍याएका कलाकारहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको प्रतिष्ठानका सचिब पदम विश्वकर्माले बताए । जातजातिका झाँकी प्रदर्शन सहित सुरु हुने उत्सवमा चर्चित कलाकारहरुको साँगेतिक प्रस्तुती सहित हाँस्यव्यङ्य तथा विविध साँस्कृतिक कार्यक्रम राखिएको आयोजकले जानकारी दिए । उत्सव आयोजनामा रु १० लाख बढी खर्च हुने अनुमान छ ।

प्रतिष्ठानका सल्लाकार जीवनकुमार विश्वकर्माले ग्रामिण भेगमा लुकेका प्रतिभालाई बाहिर ल्याउन उत्सवले सहयोग पुग्ने बताए । त्यस्तै पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले मौलिक कलासस्कृतिले धनी जिल्लामा स्थानीयलाई प्राथमिकता दिएर कार्यक्रम गर्न आग्रह गरेका थिए । प्रतिष्ठानका अध्यक्ष घिमिरेको अध्यक्षता, सचिब विश्वकर्माको सञ्चालनमा भएको पत्रकार सम्मेलनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी संस्थापक सदस्य धनकुमारी थापाको उपस्थित रहेको थियो ।