cheap nhl jerseys
राष्ट्रिय टोलीको प्रशिक्षणमा ढिला नगरौँ – कप्तान शाही « Koralapost
राष्ट्रिय टोलीको प्रशिक्षणमा ढिला नगरौँ – कप्तान शाही
Koralapost फाल्गुन १९, २०७७ बुधबार


नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले राष्ट्रिय टोलीको प्रशिक्षणमा ढिला नगर्न आग्रह गरेकी छन् । अरुणाले एसियन च्याम्पियनसिपका लागि समय थोरै भएकाले प्रशिक्षणमा ढिलाई नगर्न आग्रह गरेकी हुन् ।

च्याम्पियनसिप खेल्न उत्साहित रहेको बताउदै कप्तान शाहीले थोरै समयमा धेरै कुरा गर्नु पर्ने भएकाले प्रशिक्षण सुरु गर्न ढिलाई भइसकेको बताईन् ।

गत महिना एसियन भलिबल महासंघ (एभीसी) को बैठकले यस वर्ष चीनको गोन्जाओमा हुने एसियन च्याम्पियनसिपमा नेपाललाई छनोट गर्ने निर्णय गरेसँगै नेपाली राष्ट्रिय महिला भलिबल टोलीले प्रतियोगिता खेल्ने पक्का भएको थियो । च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म आयोजना हुनेछ ।

‘हामी एक टिम भएर नखेलेको एक वर्ष भयो । पछिल्लो समय केही प्रतियोगिताहरुमा क्लबले आफ्नो तरिकामा प्रशिक्षण सुरु गरेका छन् । तर, हामी सबै राष्ट्रिय टोलीका सदस्यहरु एक भएर प्रशिक्षण गर्न पाएका छैनौ । त्यसैले संघले क्लोज क्याम्प छिटो सुरु गर्नु पर्छ,’ अरुणाले भनिन् ।

शाहीले च्यम्पियनसिप खेल्नु पूर्व मैत्रिपूर्ण खेलहरु खेल्नु समेत आवस्यक रहेको समेत बताईन् । उनले कोरोना पछि टोलीको प्रदर्शन मापनका लागि भएपनि आफुभन्दा माथिल्लो स्तरका टोलीसँग मैत्रिपूर्ण खेल खेल्न आवस्यक रहेको बताएकी हुन् ।

खेलाडीलाई खेलमा फर्किन समय लाग्ने अरुणाको बुझाइ छ । संघले खेलाडीलाई आर्थिक सहयोग, खेल्ने सामग्री र सहज वातावरणको निर्माण गरिदिनु पर्ने उनको माग छ । कप्तान शाहीले राष्ट्रिय टोली भने अनुसारको लगानी खेलाडीमाथी नगरिएको गुनासो समेत गरिन् ।

च्याम्पियनसिपमा आयोजक चीनसहित १६ टिमले सहभागीता जनाउने छन् ।

साभार खेलपाटी डटकम