cheap nhl jerseys
शिक्षा आयोगको प्रतिवेदन लुकाईएको छ : सह–संयोजक रञ्जित तामाङ « Koralapost
शिक्षा आयोगको प्रतिवेदन लुकाईएको छ : सह–संयोजक रञ्जित तामाङ
Koralapost पुस ४, २०७७ शनिबार


म्याग्दी, ४ पुष । नेपाल कम्युनिष्ट पाटीका भातृ संगठन अनेरास्ववीयुका सह– संयोजक रञ्जित तामाङले शिक्षा क्षेत्रका माफियाहरुको दवाबले उच्चस्तरीय शिक्षा आयोगाको प्रतिवेदन सरकारलेृ लुकाएको आरोप लगाएका छन् । शुक्रबार म्याग्दीमा पत्रकारहरुसंग अन्तरक्रियामा सहसयोजक तामाङले नेपालको शिक्षा क्षेत्रका सरोकारवाहरुसंग छलफल गरेर तयार पारिएको आयोगको प्रतिवेदन कार्यान्वयनमा माफियाहरुको दवाबले सरकारले कार्यान्वयनमा चासो नदिएको बताएका हुन् ।
उनले सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सकेमा शिक्षा क्षेत्रमा भएका ठुला समस्याहरु समाधानमा सहयोग पुग्ने बताउदै प्रतिवेदनलाई कार्यान्वयनको बाटोमा प्रधानमन्त्रीले ध्यान दिनुपर्ने बताए ।
जिल्लाको मंगला गाउँपालिका– २ निवासी विद्यार्थी नेता स्वः यामनाथ पौडेलको श्रद्धाञ्जली सभामा सहभागी हुन आएका अनेरास्ववीयुका सहसंयोजक तामाङले पाटीको नेतृत्व विधि, पद्धती र एकताको भावनाअनुसार हिड्न नसक्दा जनतामाझ राखेका प्रतिवद्धता पुरा हुन नसकेको धारणा राखेका थिए ।
जनतामाझँ गरेको प्रतिवद्धता पुरा गर्न लोकतन्त्रको अभ्यासमा पाटी अघि बढ्नुपर्ने बताउदै पाटीको नेतृत्वकर्ता सामुहिक रुपमा मिलेर अघि बढ्नुपर्ने बताए ।
जनताको भावना अनुसार सरकार हिडन् नसक्दा चौतफी विरोध हुनु स्वाभाविक भएको बताउदै नेतृत्वकर्ताले पाटीको विधि पद्धतीमा रहेर छिट्टै एकता सन्देश लिएर अघि बढ्नतर्फ ध्यान दिनुपर्ने बताए ।