cheap nhl jerseys
ऐतिहासिक भगवती कोत मन्दिर « Koralapost
ऐतिहासिक भगवती कोत मन्दिर
Koralapost भाद्र २३, २०७८ बुधबार


म्याग्दी २३ भदौ। म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको ऐतिहासिक भगवती कोतमन्दिरको पुननिर्माण गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको पुरातत्व विभागबाट मन्दिरको पुननिर्माण गरिएको हो ।

२०७२ सालको भुकम्पका कारण र पुरानो संरचनाका कारण जिर्ण बन्दै गएको मन्दिर विभागसंग रु ६९ लाख ३० हजार ५६६ मा मिलीजुली किवेष्ट जेभीले ठेक्का सम्झौता गरी सम्पन्न गरेको हो । मन्दिरलाई पुरानै स्वरुपमा मौलिकता जोगिने, आधुनिकता झल्कने गरि पूर्वाधार पुनःनिर्माण गरिएको वडा अध्यक्ष रिम कटुवालले जानकारी बताए । पुरानै मोडलका कलात्मक झ्याल, ढोका र ढुंगा प्रयोग भएको छ।

मन्दिर पुननिर्माण गरिएको मन्दिरमा भुकम्पप्रतिरोधि प्रविधि अवलम्बन गरिएको छ भने र ढुंगा र काठकै सामाग्री प्रयोग गरिएको पुजा व्यवस्थापन समितिले जनाएको छ । गत वैशाखदेखि मन्दिरको पुनःनिर्माण सूरु गरेका थियो । जिल्लामा रहेका पुराना कोतमन्दिरहरुमा पर्ने यस भगवती कोत मन्दिरमा बडा दशैँको अवसरमा विषेश पुजा हुने गर्छ । मन्दिरको पुरानै स्वरुपलाई जोगाउने र भुकम्पपतिरोधी प्रविधिलाई जोड दिएर मन्दिर पुनःनिर्माण गरिएको पुजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले बताए ।

धवलागिरी आईसफल पदमार्गले समेटिएको मन्दिरस्थलबाट पवित्र कालिगण्डकी नदी, पुलाश्रम, पञ्चकोट संगै अन्नपुर्ण र निलगिरि हिमाललाई नजिकबाट नियाल्न सकिने भएकाले यो क्षेत्रलाई धार्मिक, साँस्कृतिक तथा ऐतिहाँसिक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्नतर्फ जोड दिइएको छ ।

धवलागिरी आईसफल पदमार्गले समेटिएको भगवती कोतमन्दिरलाई मन्दिरको धार्मिक ऐतिहासिक महत्वलाई प्रचार प्रसार गर्ने र पूर्वाधार निर्माण गर्ने कार्यलाई चरणबद्ध गरिएको वडा अध्यक्ष रिमबहादुर कटुवालले जानकारी दिए । यस कोटमन्दिरको इतिहास १७ औँ शताब्दीको विरासतसँग जोडिएको छ । जिल्ला सदरमुकाम बेनीदेखि ४ कोष उत्तरमा कालिगण्डकी र रघुगंगा नदीको दोभानको शिरमा रहेको भगवती कोतमन्दिरमा पुग्न बेनी–गलेश्वर–पिप्ले–भगवती सडकको पुहँच छ ।