cheap nhl jerseys
पहिरोपछि आएको नदीको छालले कालीपुल बस्तीमा क्षति, तीन जना घाईते « Koralapost
पहिरोपछि आएको नदीको छालले कालीपुल बस्तीमा क्षति, तीन जना घाईते
Koralapost भाद्र १४, २०७८ सोमबार


म्याग्दी १४ भदौ । म्याग्दी सदरमुकाम बेनीको कालीपुल स्थित कालीगण्डकी नदीमा पहिरो खस्दा बस्तीमा पानीको छालसंगै आएको बाढीले तीन जना घाईते भएका छन । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजको भीरबाट कालीगण्डकी नदीमा पहिरो खस्दा बेनी नगरपालिका–८ मा कालीगण्डकी नदी किनारमा रहेको कालीपुल बजारमा छाल सहितको बाढीले आठ घरमा क्षति पु¥याएको छ ।


मध्यरातमा करिब साढे २ बजे पारीपट्टीबाट खसेको पहिरोले नदीको पानी छाल र बाढी भएर बजारतर्फ आएपछि ८ घरमा क्षति पु¥याएको कालीपुल टोल सुधार समितिका संयोजक ताराप्रसाद पुनले जानकारी दिए । बाढीले घरहरु भत्कदा सन्तु पुन, गोविन्द बुढा र रेखा नेपाल घाईते भएका छन् । उनीहरुलाई स्थानीयबासीले उद्धार गरि बेनी अस्पतालमा उपचारका लागि लगिएको छ ।
उनीहरुको अवस्था खतरामुक्त रहेको जनाईएको छ ।

पहिरो खस्ने क्रम नरोकिएको र थप जोखिम रहेकाले पुरानो कालीपुल बजारका ३० घरहरु जोखिममा रहेको टोल सुधार समितिका संयोजक पुनले बताए । मध्यरातमा अबिरल बर्षासंगै ठुलो आवाजमा पहिरो खसेपछि स्थानीयबासी भागदौड गरेर कालीपुलको माथिल्लो भागमा पुगेका थिए । स्थानीयबासीले रातभर सडकका पेटीमै आश्रय लिएका थिए ।


‘पहिरो संगै घरभित्रै नदीको बाढी आयो, बृद्धबृद्धाहरुलाई बोकेर सुरक्षित स्थानमा सा¥र्यौ, अझै जोखिम टरेको छैन, पहिरो खसेको ठाउँमा थप पहिरो जाने जोखिम रहेको स्थानीयबासी सृुरेश पुनले भने । उनका अनुसार, बजारमा आएको छालले घरहरुसंगै शौचालय, बाथरुम, खानेपानी लगायतमा समेत क्षति पु¥याएको छ । छालले नदी नियन्त्रणको लागी बनाईएको पर्खालमा लगाईएको फलामको तारबार समेत पूर्ण रुपमा भत्काएको छ । पहिरो खस्ने क्रम रोकीएको छैन् । पर्वतको जलजला गाउँपालिकाको वडानम्वर २ र ३ बस्ने बौरबासी पैदलयात्रा गर्ने बाटो, खानेपानीपाईपमा क्षति र विद्युतमा क्षति पु¥याएको छ।


यसैबिच पहिरो र बाढीको चपेटामा परेको कालीपुल क्षेत्रको अवस्थाको बारेमा बेनी नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी लगाएको टोलीले स्थलगत निरिक्षण गरेका छन् । भुकम्प प्रश्चात म्याग्दीमा पहिरो र पहिरोले नदी थुनिने क्रमले जनधनको क्षति बढ्दै गएको छ ।