cheap nhl jerseys
करबाकेलीमा संग्रहालय तयार « Koralapost
करबाकेलीमा संग्रहालय तयार
Koralapost भाद्र २, २०७८ बुधबार


म्याग्दी, २ भदौ । अन्नपुर्ण गाउँपालिका–८ काफलडाँडामा करबाकेली बाबा संरक्षण समितिको अगुवाईमा म्याग्दीको पहिचान भल्काउने संग्रहालय तयार भएको छ । संग्रहालय स्थापना गर्न करबाकेलीमा परम्परागत शैली र प्रविधिको प्रयोग गरेर दुई तले संग्रहालय भवन तयार भएको हो । परम्परागत सामग्रीको संरक्षण र पर्यटन बिकास गर्ने उद्देश्यले चन्दा सहयोग जुटाएर संग्रहालय तयार गरेको काफलडाँडामा करबाकेली बाबा संरक्षण समितिका अध्यक्ष चामबहादुर पुनले बताए ।

कला, संस्कृति, जनजीवन र पहिचान झल्काउने सामग्रीहरुलाई लोप हुन नदिन संरक्षणका साथै पर्यटक भित्र्याउने योजना रहेको छ,– पुनले भने – ‘परम्परागत सीप र सामानको प्रयोगबाट मौलिकता झल्काउने उद्देश्यले निर्मित भवनमा पुन समुदायको अगुवाइमा संग्रहालय स्थापना गरिए पनि म्याग्दी जिल्लाका सबै जातजाति र समुदायको साझा बनाउने योजनासहित संग्रहालय तयार छ।’ हाल प्रचलनमा रहेका र प्रयोग हुन छाडेका सबै किसिमका सामान, पोशाक, भाडाकुँडा र दैनिक जीवनमा प्रयोग हुने सामग्री राखिने भएको छ । परम्परागत सामग्रीको संरक्षणसँंगै पर्यटन प्रवद्र्धन गर्नु संग्रहालय मुख्य उद्देश्य छ । यहाँ राखिने पुराना सामानहरु गाउँहरुलेबाट उठाउन थालिएको अध्यक्ष पनुले जानकारी दिए ।

स्थानीय स्रोतसाधन प्रयोग गरेर मौलिकता झल्कने आकर्षक दुई तले भवन निर्माण तथा सामाग्री खरिदमा हालसम्म करिव ६८ लाख खर्च भएको करबाकेली संरक्षण समितिले जनाएको छ । करबाकेली भ्रमणमा आउने पर्यटक तथा भक्तजनको सुविधाका लागि सामुदायिक होटल सञ्चालन गरिएको छ ।

संघ, प्रदेश, अन्नपुर्ण गाउँपालिका र स्थानीयको आर्थिक सहयोमा संग्रहालय निर्माण गरिएको वडाअध्यक्ष गवुर्जाले बताए । अन्नपुर्ण गाउँपालिका ८ राम्चेका वडाअध्यक्ष खमबहादुर गर्वुजाले मोहरे डाडाँ, करबाकेली लगायतको क्षेत्रमा पर्यटन पुर्वाधार रुपमा सडक र पदमार्ग लगायतमा ध्यान दिएको जानकारी दिए । करबाकेली इको ट्रेकमा संग्रहालयसंगै जंगल सफारी, पुन समुदायको संस्कृति र प्राकृतिक सुन्दरता थप विशेषता रहेको छ।

मा समुन्द्री सहतदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित करबाकेलीबाट गुर्जा, धौलागिरि, निलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, टुकुचेलगायत १० वटा हिमश्रृङखलाको साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती र गुराँसको जंगल अवलोकन गर्न सकिन्छ ।