cheap nhl jerseys
कांग्रेसको नयाँ नेतृत्वमा पूग्न नेताहरु सक्रिय « Koralapost
कांग्रेसको नयाँ नेतृत्वमा पूग्न नेताहरु सक्रिय
Koralapost श्रावण ७, २०७८ बिहीबार

म्याग्दी, ७ साउन । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनकोे मिति नजिकिएसंगै नेपाली कांग्रेस म्याग्दीको सभापतिमा आधा दर्जन नेताहरु आंकाक्षि रहेका छन् । केन्द्रीय समितिले बैठकले जिल्ला अधिवेशन साउन २६ गते गर्ने निणर्य गरेसँगै जिल्ला नेतृत्वका आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन सक्रीय बनेका छन् ।

जिल्ला सभापतिमा वर्तमान सभापति खमबहादुर (खमविर) गर्बुजा, निर्वतमान सभापति तथा संविधानसभा सदस्य रेशम बानियाँ, उपसभापति माधवप्रसाद रेग्मी, सचिव क्या. मिनबहादुर कार्की र पुर्वउपसभापति नेत्रबहादुर महत, जिल्ला सदस्य केवी भण्डारी आकांक्षी देखिएका छन् । महाधिवेशनमा हालका जिल्ला सभापति खमबहादुर (खमविर) गर्बुजा दोस्रो कार्यकालका लागि दाबी गर्दैछन् । गर्वुजाको प्रतिस्पर्धामा निर्वतमान सभापति रेशम बाँनिया छन् ।

सभापति दावेदारहरु मध्ये उपसभापतिमा आउने देखिएको छ। त्यस्तै जिल्लामा सचिवमा पदमा युवाहरुको दावि देखिएको छ। हालका सह-सचिव एवम् युवा नेता भरत रकालले सचिवमा दावि गरेका छन् । उनले जिल्लामा पाटीलाई अघि बढाउन सचिव पद नछोड्ने बताएका छन् । त्यस्तै सचिवमा जिल्ला सदस्य ओम छन्त्यालले दावि गर्दै पाटीभित्र छलफल गरिरहेको जानकारी दिए । केन्द्रको महाधिबेशनका लागि जिल्लाबाट २५ जना महाधिवेशन प्रतिनिधि छनोट गरिने सह-सचिव रकालले जानकारी दिए ।

नेतृत्वको लागि आंकाक्षी नेताले क्रियाशिल सदस्यमा ध्यान केन्द्रित गरेका छन् । जिल्लाको मुख्य पदमा दावि गरिरहेको नेताहरुले वडा, गाउँ र नगरका सदस्यहरुसंग भेटघाट र छलफलमा ब्यस्त भएका छन् भने जिल्ला बाहिर रहेका नेताहरु अधिवेशन नजिकिएसंगै जिल्लामा आएका छन् । कांग्रेसले वडा, गाउँ, नगर र जिल्लामा नयाँ नेतृत्व चयनका लागि अधिवेशन नजिकिएसंगै नेताहरु वडातहको मतदाता छनोटमा केन्द्रित भएका हुन् ।

सहसचिव भरत रकालका अनुसार छुटेका दुईसय सदस्यहरुको केन्द्रबाट स्विकृत भएर आयो भने क्रियाशिल सदस्य ३ हजार भन्दा बढी हुने बताए । पुराना १ हजार र नयाँ क्रियाशिल सदस्य १ हजार ८ सयसहित, २८ सय क्रियाशिल सदस्य हुने जानकारी दिए । छुटेका २ सय सदस्यहरु केन्द्रबाट स्विकृत भएर आयो भने सदस्यता संख्या वृद्धि हुने जानकारी दिए ।

त्यसैगरी साउन ११ गते गाउँपालिका र नगरपालिकाको, १६ गते प्रदेशसभा क्षेत्रीय, २० गते प्रतिनिधिसभा क्षेत्रीय र २४ गते जिल्ला अधिवेशन हुनेछ । क्रियाशील सदस्यले वडा र गाउँ नगरको नेतृत्व छान्न मतदान गर्न पाउनेछन् । यसैगरी जिल्ला नेतृत्व चयनका लागि प्रत्येक वडा तहबाट १६ जना प्रतिनिधि चयन हुने व्यवस्था छ ।

विभिन्न पदमा दावि गरेका जिल्लाका नेताहरुल सहमतिमा नेतृत्व चयन नभएपछि केन्द्रका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलको खेमाबाट प्रतिस्पर्धा गर्ने देखिन्छ ।