cheap nhl jerseys
बेगखोलामा कहिल्य बन्छ पक्की पुल ? « Koralapost
बेगखोलामा कहिल्य बन्छ पक्की पुल ?
Koralapost असार ३०, २०७८ बुधबार


म्याग्दी, ३० असार । बेनी– जोमसोम सडक अन्तरगत रघुगंगा गाउँपालिका १ बेगखोलाको खोलामा पक्की पुल नवन्दा यात्रुले सास्ती भोग्दै आएका छन् । लेखमा बर्षासंगै आउने अपत्यारीलो तिव्र गतिको बाढीले बाटो अबरुद्ध बनाएर गन्तव्यमा हिडेका पैदलयात्री र यातायात सेवालाई अलपत्र पार्दै आएको छ ।

२०७३ सालमा आएको बाढीले बेगखाोलामा बस्ती संगै मोटरेबल पुल र झोलुङ्गे पुल बगाएपछि बेनी जोमसोम सडकको यात्रा निरन्तर प्रमावित हुदै आएको छ । चारबर्ष वितिसक्दा पनि कोरला नाकासंग जोडिएको कालीगण्डकी करिडोर अन्तरगत बेगखोलामा पुल बनाउने कुनै सुरसार छैन् । मोटरेपुलमा पनि साचो नदेखाएको सरोकारवालाहरुले झोलुङ्गे पुल निर्माणसमेत गर्न सकेका छैनन् । खोलामा बहाफ बढेपछि अलपत्र पैदलयात्रीलाई डोजरमार्फत, ट्रकमार्फत आवातजावत गराउदै आएका छन् ।

दिनहु यातायातलाई सेवालाई सुचारु गराउन डोजर बाटो खोलामा बहाफ फराकिलो रुपमा विस्तार गरेपछि बाईकबाहेक अन्य यातायात आवातजावत गर्ने गर्छन ।बेगखोलामा पुल बनाउन संघ र गण्डकी प्रदेशसंगै म्याग्दी र मुस्ताङका जनप्रतिनिधिहरुले बेवास्ता कारण पुल नबन्दा बर्षेनी म्याग्दीको अन्नपुर्ण गाउँपालिकासंगै मुस्ताङबासीलाई र खाद्यान्न तथा विकास निर्माणका सामाग्री ओसारपोसारमा समस्या बनाएको अन्नपुर्ण गाउपालिकाबासीको गुनासो छ । जिल्लामा नेता भन्दा निर्माण ब्यवसायीको शक्तिशाली ठुलो हुदाँ जिल्ला ठुला आयोजनाहरु अलपत्र पर्दै आएका छन् ।

असार १९ गते एकसय ८० बोरा सिमन्ट बोकेका मालबाहक ट्रक खोला पार गर्न खोज्दा अकस्मात आएको बाढीले विचमै फस्न बाध्य बनाएको थियो । खोला तर्ने क्रममा अकस्मात आउने बाढीले विभिन्न हलुका सवारीसाधनलाई बगाएर कालीगण्डकी नदीमा मिसाउदै आएको छ । जिल्लामा सरकार जोगाउने र गिराउने खेलमा विभिन्न चरणमा आन्दोलन गर्दै आएका राजनीतिक दल, नेताहरु बाढीले प्रभावित बेखखोलामा पक्की पुल निर्माण गर्न चासो नदिएकोमा राजनीतिकप्रति जनताको गुनासो सामाजिक संजालमा पोखिरहेका छन् । बाढीले प्रभावित बनाएको चार बर्ष वितिसक्दा समेत म्याग्दीबाट निर्वाचित संघ र प्रदेशका सांसदले पुल निर्माणमा पुल निर्माण नहुनुको कारण जिम्मेवार पुर्वक जनतालाई भन्नुपर्ने अन्नपुर्ण गाउँपालिकाका सुरेन गुरुङले बताउनुभयो ।

बेगखोलामा पक्की पुल निर्माणका लागि सडक विभागले ठेक्का सम्झौता गरेको छ, आगामी आर्थिक बर्षबाट निर्माण कम्पनीले काम सुरु गर्ने सडक विभागको इन्जिनियरबाट जानकारी प्राप्त भएको जिसस प्रमुख देवेन्द्र बहादुर केसीले बताउनुभयो ।