cheap nhl jerseys
एनआरएनए जापानको सदस्यमा ताराबहादुर कार्कीले उम्मेद्वारी दिने घोषणा « Koralapost
एनआरएनए जापानको सदस्यमा ताराबहादुर कार्कीले उम्मेद्वारी दिने घोषणा
Koralapost असार २४, २०७८ बिहीबार

म्याग्दी, २४ असार । गैर आबसिय नेपाली संघ जापानको सदस्यमा म्याग्दीको ताराबहादुर कार्कीले उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ।

म्याग्दीको रघुगंगा गाउँपालिका-२ राखु भगवतीका कार्कीले २०२१-२३ का लागी एनआरएनए जापानको सदस्यमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो ।

रोजगारको शिलशिलामा २०११ मा जापान पुगेका कार्कीले मोना जोपानको सदस्य, राखु समाज जापानको अध्यक्ष, मोना आईसीसी को एशीया प्यासीफिकको उपाध्यक्ष रहेर विभिन्न सामाजिक कार्यमा क्रियाशिल रहेका छन् । एनआरएनए जापानले आयोजना गरेको विभिन्न कार्यक्रमलाई सफल बनाउन स्वयमसेवकको रुपमा कार्कीले काम गरेका थिए ।

पछिल्लो समयका जिल्लाको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका कार्कीले एनआरएनए संघलाई बलियो, सफल, सबैले विश्वास गराउने संघको रुपमा स्थापित गर्न उम्मेद्वार दिने निणर्य लिएको जानकारी दिनुभयो ।

पछिल्लो समय, रोजगार, ब्यवसाय र अध्ययनको शिलशिलामा जापान पुगेको म्याग्देली र नेपाली धेरै भएका कारण एनआरएनए जापानको नेतृत्वको लागि कडा प्रतिष्पर्धा हुने देखिन्छ ।