cheap nhl jerseys
निरन्तर बर्षाले कालिगण्डकी र म्याग्दी नदीकोे बहाब उच्च « Koralapost
निरन्तर बर्षाले कालिगण्डकी र म्याग्दी नदीकोे बहाब उच्च
Koralapost असार १, २०७८ मंगलबार


म्याग्दी, १ असार । माथिल्लो भेगमा भएको अविरल बर्षासंगै म्याग्दीको सदरमुकाम बेनी नजिक भएर बग्ने कालिगण्डकी र म्याग्दी नदीको बहाब उच्च भएको छ। दुईदिन देखि निरन्तर भएको मनसुनले खहरेभेल उर्लिएपछि कालिगण्डकीको बहाब बढेको हो ।

लेखमा बर्षात हुदाँ कालीगण्डकी नदीमा मिसिने म्याग्दी र रघुगंगा नदीको बहाफपनि उच्च भएको छ । जसले कालीगण्डकी उर्लिएको छ । नदीको किनारमा रहेका बासिन्दालाई सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय म्याग्दीले आग्रह गरेको छ।

बर्षासंगै आएको कालिगण्डकी नदी सतह बढ्दा म्याग्दीको सदरमुकाम बेनीबजार र पर्वतको जलजला गाउँपालिकामा वजार नजिकका घरहरु कटानको जोखीममा परेका छन् । जिल्ला बाढी पहिरोको जोखिममा एकहजार घरधुरी रहेका छन् ।

बातावरणीय मूल्यांकन नगरी सडकहरु खन्नु र जोखिमको मुल्याकंन नगर्दा ग्रामिण भेग जनताका बस्ती असुरक्षित र जनधनको ठुलो क्षति बर्षातको समयमा भोग्दै आएको छ। लगातार बर्षाको कारण जिल्ला मुख्य सडकसंगै शाखा सडक बाढी पहिरोले अवरुद्ध भएका छन्।