cheap nhl jerseys
‘घुम्ती गोठ’ लोप हुने अवस्थामा « Koralapost
‘घुम्ती गोठ’ लोप हुने अवस्थामा
Koralapost जेष्ठ १९, २०७८ बुधबार


म्याग्दी, १९ जेठ । म्याग्दीमा परम्परागत घुम्ती गोठलाई किसानले आर्यआर्जनमा विकास गर्न सकेका छैन् । बैदेशिक रोजगारीमा आकर्षणले खेतीयोग्य जमिन बाँझो र घुम्ती गोठ विस्तारै लोप हुदै गएका छन् ।

आयस्रोतको रुपमा विकास हुन नसकेको घुम्ती गोठ गाउँका किसानहरु खेतीपाती मलिलो र बनजंगल र बाँझो पाखाको घासँ खुवाउन घुम्ती गोठ सिमित रहेको धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले बताईन । गाउँपालिकाले खेतीपातीसंगै घुम्ती गोठलाई आर्यआर्जनको माध्यम बनाउन विभिन्न कार्यक्रम गरिएको बताईन । पछिल्लो समय भेडागोठ आयस्रोतको माध्यम बनेको छ, भने अन्य गाईभैसी पालन गर्ने कृषकले आयस्रोतको रुपमा विकास गर्न नसकेको बताईन । पशुपालनको प्रचुर सम्भावन भएको यस गाउँपालिका व्यावसायिक पशुपालनबाट र आयआर्जन गरेर गाउँको विकास गर्न सकिने आधार प्रशस्तै अध्यक्ष पुनले भनिन् । बाँझो जमिनलाई स्थानीयले गाईभैैंसी, गोरु र बाख्रा पाल्ने अस्थायी गोठको रूपमा प्रयोग गरेका छन् ।

बाँजेहरुले गर्दै आएको परम्परागत घुम्ती गोठले खेतीपाती टाढा भएको जग्गामा अस्थाई टहरा बनाएर खेतीपातीको लागि जग्गा मलिलो बनाउन घास खुवाउने प्रचलनमा सिमित छ । टाढा खेतीपाती भएको जग्गामा मोल बनाउन र वरीपरि बाँझो रहेको जग्गाको घास खुवाउन घुम्ती गोठ कायम रहेको गुर्जाका वडाअध्यक्ष झक छन्त्यालले बताए ।

घुम्ती गोठ धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मराङ, मल्कवाङमा रहेको छ । त्यस्तै रघुगंगाको चिमखोला कुईनमंगले र अन्नपुर्णको शिख, पाउद्धार र दोबामा भेडा र गाईभैसीको घुम्ती गोठ कायम छन् । पछिल्लो समय गाउँगाउँमा सडक र बदेशिक रोजगारीले खेतीपाती र पुशपालनको घुम्ती गोठ कम हुदै गएका छन् ।

जनतालाई विकास र आयआर्जनसँग जोड्ने काम त जनप्रतिनिधिको जिम्मेवारी हो तर कृषकमा सरकारी सेवा सुविधमा विश्वासै छैन, अनि कहाँबाट उनीहरुलाई गाउँको विकासमा परम्परागत पेशालाई ब्यवसायीक रुपमा विकासमा आयआर्जनमा विकास गर्न सकिन्छ । कृषि र पशुपालनमा प्रशस्तै सम्भावना भएको यस ठाउँबाट स्थानीयले लाभ लिन नसकेका गुर्जाका वडाअध्यक्ष झक छन्त्यालले बताए ।

यहाँका युवा पुस्तालाई कृषि र पशुपालनतर्फ कुनै रुचि छैन । उनीहरू वैदेशिक रोजगारका लागि मरिहत्ते गर्छन् । बूढा पुस्ता आफ्नै रैथाने तरिका परिवर्तन गर्न चाहँदैनन् । पछिल्लो समय विदेशबाट आउने रेमिट्यान्सले नै यहाँको दैनिकी धानिएको छ । चिसो बढेसँगै मुना, लुलाङ र गुर्जाका किसानहरूले घुम्ती गोठहरू बेँसी झार्ने गर्दछन् । गर्मि बढेसंगै माथि लाने चलन कायम रहेको छ।

भेडापालनमा दुख बढी आम्दानी कम

करिब दुई दशक लामो वैदेशिक रोजगारिलाई त्यागेर स्वदेश फर्किएको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा जन्मिएका छन्त्यालको परिवारको बसोबास पोखरामा रहेपनि वैदेशिक रोजगारि त्यागेर फर्किएका उनले आफ्नो पुर्खाहरुले जिवन विताएको जंगल र भिर पाखाहरुको परम्परागत भेडागोठलाई पछ्याएका हुन् ।

विगत दुई बर्षदेखि उनको जिवनमा चलिरहेकै छ । विदेशमा आर्जन गरेको रकम सहित ऋण समेत गरेर दुई बर्ष अघि करिब ५० लाख लगानी गरेर भेडापालन सुरु गरेका छन्त्यालको गोठमा अहिले झण्डै ५ सय बढी भेडाबाख्रा रहेका छन् । धवलागिरि गाउँपालिका क्षेत्रमा भेडापालनको प्रचुर सम्भावना रहेकाले आफुले पनि यस पेशालाई अंगालेको छन्त्याल बताउँछन् । पछिल्लो समय यस क्षेत्रमा रहेका परम्परागत गोठहरु विस्तारै घट्दै गएको, युवाहरुको आकर्षण नबढेको र पुराना गोठहरु पनि विक्रि गर्ने प्रचलन बढेकाले भेडापालन व्यवसायलाई प्रवद्र्धन गर्नका लागि स्थानीय सरकार र सम्बद्ध निकायको ध्यान जान जरुरी रहेको उनको भनाई छ । धवलागिरिको मुदी र गुर्जामा समेत व्यवसायिक भेडापालन हुदै आएको छ । बेसीदेखि धवलागिरिको आधार शिविर सम्म नै भेडीगोठ सारिरहने प्रचलन रहेको छ । गोठको सुरक्षाका लागि भोटे कुुकुर पहिलो रोजाईमा पर्छ ।

चार पुस्तादेखि ब्यवसायिक रुपमा भेडाबाख्रा पाल्दै आएका रघुगंगा गाउँपालिका–२ साझपानीमा नन्दबहादुर भण्डारीको भेडागोठको ईतिहास १०७ बर्षको रहेको छ । उनले जाडो समयमा बेशी र गर्मि समयमा धौलागिर, अन्नपुर्ण र निलगिरिको हिमालको काखमा पु¥याउने गर्छन । अन्य आम्दानीको आधार नभएपछि परिवारको खर्च जुटाउन घुम्ती चरणबाट भेडापालन गरेको बताए । उनले पशुलाई आहाराको कमी हुन नदिन चिसोको समयमा घुम्ती गोठहरू बेँसी झार्छन् भने गर्मीको समयमा लेकतर्फ उकाल्ने गरिदै आएको उनले बताए ।

पशुपालन गर्नु निकै दुःखको पेसा हो । लामो सयमदेखि खोप्रालेकको आसपासमा बाल्यकालदेखिनै भेडाबाख्रा पालन गरेका ६५ बािर्षय तुलबहादुर तिलिजाको गोठमा २ सय ७० वटा भेडाबाख्रा छन् । विस्थापित भएर अन्य पेशा तत्काल गर्न नसक्ने अवस्थामा हुदाँ भेडापालन गरिरहेको बताए । ब्यापारीहरु गोठमा आएर खशी बोका विक्रिबाट हुने आम्दानीबाट घरखर्च, गोठालालाई तलव दिएर रहेको बचतले दुख भुलाउने गरेको भेडापालनक कृषक बताउछन् । घुम्ती गोठलाई संरक्षण गर्न तीन तहको सरकारले ध्यान दिनुपर्छ ।